अर्थ खबर

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

पर्वत । बजेट अभावमा पर्वत जिल्लाका एक दर्जन बढि आयोजनाहरुको निर्माण कार्य अलपत्र परेको छन् । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट समेत संघ तथा प्रदेशबाट खानेपानी कार्यालयमा प्राप्त नहुँदा आयोजना सम्पन्नको अन्तिम चरणमा पुगेका आयोजनाहरुको समेत काम रोकिएको छ । जिल्लाका खानेपानीको चरम समस्या बेहोरीरहेका जिल्लाको विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा बजेट […]


‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारी एक्लो महसुस गर्छिन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता […]


पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

पर्वत/नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तब्य गुल्मीको रिडी सम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रुसले चाँसो देखाएको छ । रुसले पोखरालाई आसपासका पर्यटकीय गन्तब्य जोड्ने रिडी–पोखरापर्यटकीय सडक निर्माणका लागि नेपाल सरकार संग बिस्तृत परियोजना प्रस्ताब मागेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रुस भ्रमणका क्रममा रिडी पोखरा […]


कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्ने

काठमाडौ‌ं /कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो । संस्थापक […]


अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणको प्रभाब -रुसले माग्यो सहयोगका लागि १३ परियोजनाको प्रस्ताब

पोखरा -रिडी सडक देखि वाल क्यान्सर अस्पताल सम्म काठमाण्डौ/ रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने बिभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकार संग बिस्तृत परियोजना प्रस्ताब मागेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बिच भएको भेटवार्तामा उठेका १३ वटा बिभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपाल संग बिस्तृत परियोजना प्रस्ताब […]


स्थानीय तहमा उपभोक्ता समितिमार्फत भ्रष्टाचार मौलाउँदै

काठमाडौं । ऐन, कानुनको ठाडो उल्लंघन हुने गरी स्थानीय तहमा ठूलाठूला योजनाको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदै भ्रष्टाचारलाई मलजल गर्दै आएको पाइएको छ । जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा जटिल संरचनाको निर्माण कार्य उपभोक्ता समितिमार्फत हुँदै आएको हो । सार्वजनिक खरिद ऐन र नियमावलीमा एक करोड रुपियाँभन्दा माथिको जटिल संरचना निर्माण […]


पर्वतको चुवा परादीमा रहेको मोदी इनर्जीको आईपीओ १९ वैशाखमा आउँदै

पर्वत/पर्वतको चुवा परादीमा रहेकोमोदी ईनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ […]


जमिन भासिएपछि पर्वत अस्पतालको भवन निर्माण अलपत्र

पर्वत : नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ। २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ। अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकोमा ‘इ’ […]


नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

काठमाडौं। नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार रहेको जनाइएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएको तिमिल्सिनाको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको भेटमा नेपाल र रुसबीचको सिधा […]


स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपियाँ अबन्डामा राखी बजेट कार्यक्रम स्वीकृत गरेको पाइएको हो । जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा तोकिएको प्रक्रिया उल्लंघन गरी वार्षिक योजना […]