कृषि/ वन/ वातावरण

पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै

पर्वत : पछिल्लो समय पशुमा महामारीको रूप लिएको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिएको पाइएको छ। गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगरा स्थित सिरुबारीका एक कृषकले पालेको गोरुमा ‘लम्पी स्किन’ देखिएको थियो। फलेवास नगरपालिकाको पशु विकास शाखाका प्रमुख प्रताप पौडेलका अनुसार त्यो गोरुलाई ‘आइसोलेसन’सहित निगरानीमा राखेर उपचार गरेपछि निको भएको थियो। दोस्रो पटक गत […]


मकैमा अमेरिकन फौजी किरा’ को प्रकोप, कृषक खडेरी र किराको मारमा

पर्वत : केही दिन अगाडि सामान्य वर्षा भएको भए पनि त्यो वर्षाले न त करेसाबारीको तरकारीलाई सिँचाई पुग्यो न त खेतमा लगाइएको मकैलाई नै। मकैका बोटले आवश्यकता अनुसारको पानीको मात्रा नपाउँदै यसै ठिम्रिएर बसेको जस्तो देखिन्छ। पानीको अभावमा बिरुवाले खाना बनाउन नसक्दा अवधि अनुसारको वृद्धि मकैका बोटमा नदेखिने जोखिम बढिरहेको छ। घामकै कारण ठिम्रिएर बसेका […]


उपत्यकाको तुवाँलो आगामी तीन दिनसम्म रहने

काठमाडौँ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको देखिन्छ। यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी […]


पर्वतमा एक हप्तामा १६ ठाउँमा आगलागी

पर्वत : बर्खाको समयमा बाढी पहिरोबाट हुने प्राकृतिक विपद्मा उद्धार गर्न होस वा गर्मी याममा आगलागीबाट बन वा घरमा लाग्ने डढेलो नियन्त्रणमा लिने मुख्य भूमिकामा जिल्लामा रहेका सुरक्षा निकाय तयारी अवस्थामा हुन्छन्। हरेक पटकको बर्खामा बाढी र पहिरोले मानवीय तथा भौतिक क्षति हुने गरेको पर्वतमा हरेक गर्मी याममा उत्तिकै सङ्ख्यामा आगलागीका घट्नाहरु पनि हुने गरेका […]


आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा […]


देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्ग र […]


आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ / हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी […]


हावाहुरी सहित परेको असिनापानीले बालीनालीमा क्षती

पर्वत/ शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले पर्वतका विभिन्न गाउँका किसानले लगाएको बालीनाली सखाप पारेको छ । हावाहुरी सँगै आएको असिाना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा, लौका, घिरौला र करेला) बालीमा क्षती पु¥याएकोे हो । असिना पानीले पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी र पैयुँ गाउँपालिका केही भागमा बढि क्षती पु¥याएको छ । […]


पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न

पर्वत/पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो । माटोको अवस्था पहिचान गर्न घुम्ति मोवाइल भ्यान मार्फत फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजु […]


मौसम पूर्वानुमान : आगामी तीन दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागमा भने छिटफुट वर्षा हुनेछ । राति कोशी र गण्डकी प्रदेशको […]