खोप ल्याउन ४८ अर्ब लाग्ने, कोषमा २० करोड मात्रै जम्मा

काठमाडाैं, पौष १३ / सरकारले खोप पाएको खण्डमा तीन चरणमा लगाउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाइनेछ । उनीहरूका लागि १८ लाख ४२ हजार नौ सय ५१ भायल ल्याउन ८९ करोड ९९ लाख ३१ हजार सात सय आठ रुपैयाँ लाग्नेछ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ ।

दोस्रो चरणमा जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार गरी १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनालाई खोप लगाइनेछ । उनीहरूका लागि एक करोड चार लाख ४३ हजार एक सय ८५ डोज आवश्यक पर्नेछ । यसका लागि पाँच अर्ब नौ करोड ९६ लाख १२ हजार ६ सय ६१ रुपैयाँ लाग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो र दोस्रो चरणमा कोभ्याक्स सुविधा र विश्व बैंकबाट सहयोग हुनेछ भने यसमा ६ अर्ब तीन करोड २७ लाख ७५ हजार एक सय ५२ रुपैयाँ लाग्नेछ ।

त्यस्तै, तेस्रो चरणका लागि पहिलो समूहमा ४० देखि ५४ वर्षसम्मका सबै नागरिक ९.५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । उनीहरूका लागि ५८ लाख ६६ हजार ६ सय १३ डोज आवश्यक पर्नेछ । त्यसका लागि सात अर्ब ९१ करोड ८५ लाख ६ हजार ३५ रुपैयाँ लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्रो चरणमै अर्को समूहमा १५ देखि ३९ वर्षसम्मका ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ । उनीहरूका लागि दुई करोड ५८ लाख ४३ हजार आठ सय १३ डोज भ्याक्सिन आवश्यक पर्छ । यसका लागि ३४ अर्ब ८८ करोड २८ लाख ८४ हजार सात सय एक रुपैयाँ लाग्नेछ ।

कोभ्याक्स सुविधामा नपरेका ५१.६२ प्रतिशत जनताका लागि खोप ल्याउन ४२ अर्ब ८० करोड १३ लाख ९० हजार सात सय ३६ रुपैयाँ खर्च लाग्नेछ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका अनुसार कोभ्याक्स सुविधामा परेका र नपरेकाका गरी सबैका लागि खोप ल्याउन नेपालले ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार आठ सय ८९ रुपैयाँ लक्षित खर्च लाग्ने अनुमान गरेको छ ।

सरकारले कोरोना भ्याक्सिन खरिद गर्न स्थापना गरेको कोरोना कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार आठ सय ८९ रुपैयाँ आवश्यक छ । कोषमा रकम जम्मा नभएपछि स्वास्थ्य मन्त्रालयका अधिकारी तनावमा देखिएका छन् । हालै स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । कोरोना कोषमा तत्काल पाँच अर्ब जम्मा गर्न प्रस्ताव पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँपत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’