कोरोना भाइरसविरुद्ध पहिलो चरणमा ९ लाखलाई खोप

काठमाडौं, १३ पुस । सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको बताए ।

आवश्यक रकमको व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ । खोप भण्डारणका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउन लागिएको छ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोना संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा छन् । दोस्रो चरणमा ५१ लाखलाई खोप दिने योजना छ । तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाखलाई दिइनेछ ।

१५ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत (एक करोड २७ लाख) लाई खोप दिने योजना बनाइरहेको डा. गौतमले बताए । १५ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको परीक्षण खोप उपलब्ध नगराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, गाभीसँग समन्वयात्मक रूपमा सहकार्य गरिरहेको डा. गौतमले बताए ।

२ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने खोप भए नेपालका लागि उपयुक्त र सहज हुने शाखाले जनाएको छ । खोप भण्डारणका लागि क्षमताकोे मूल्यांकन, आवश्यक स्थान र क्षमता, सरकारी तथा निजी क्षेत्रमा खोजी गर्ने काम भइरहेको छ । अपुग भण्डारण क्षमता विस्तारका लागि विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भवन निर्माण गर्न प्रस्ताव तयार गरी प्रक्रिया अघि बढाइएको डा. गौतमले बताए ।

खोप छिटो ल्याउन खोप सुविधा सरकार–सरकारबीच सम्झौता, सरकार र कम्पनीबीच पनि ल्याउन सकिने छ । त्यस्तै, निजी क्षेत्रबाट पनि तोकिएका परिधिभित्र रही खोप ल्याउन सकिने व्यवस्था गर्न लागिएको जनाइएको छ । खोप आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र मन्त्रालयका सचिवहरू सम्मिलित सहजीकरण समिति गठन भइसकेको छ । कोरोना खोपसम्बन्धी विज्ञ समूहले पनि कार्य गरिरहेको जनाइएको छ ।
तीन खोपलाई अनुमति

अहिलेसम्म २ सय ८७ वटा खोप परीक्षण भइरहेको छ । जसमध्ये ६३ वटा मानवमा परीक्षण भइरहेको छ । जसमध्ये तीनवटा उत्पादक कम्पनीको खोपले मात्र अनुमति पाएको छ । फाइजरबाट उत्पादित खोपलाई बेलायतलगायत १४ मुलुकले मान्यता दिइसकेका छन् । मोडेर्नाबाट उत्पादित खोपलाई अमेरिका र क्यानडाले मान्यता दिएका छन् । साइबोफार्मबाट उत्पादित खोपलाई संयुक्त अरब इमिरेट्स, चीन र बहराइनले मान्यता दिई प्रयोग गरिरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’