पर्वतमा नेकपाको प्रचण्ड –माधब समुहको अगुवा कार्यकर्ता भेला सम्पन्न, ‘ओलीको कदम आत्मघाती’

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक घोषणा’ खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने माग गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताउनुभयो । उहाँले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनता माथिको विश्वसघात भएको बताउनुभयो । पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिबाद गर्न र संबिधान बचाउन आव्हान गर्नुभयो ।
भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंबैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशब कुँवर, मनरुपा सुबेदी, जेष्ठ कम्यूनिष्ट मन्चका पूर्व सदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुबेदी लगायतले सम्बोधन गर्नुभयो ।
नेकपा पर्वतका सचिब सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणी शर्माले गर्नुभएको थियो ।
भेलाले ५ बुँदे प्रस्ताब पारित गर्दैै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिबालय सदस्य खुम सुबेदीले जानकारी दिनुभयो । नेकपा विवाद चलिरहेको बेला पर्वतमा भएको यो भेलालाई निकै चासोपूर्वक हेरिएको थियो । पर्वत जिल्लामा माधब नेपाल प्रचण्ड पक्ष बलियो भएको दाबी गरिएको छ । भेलामा १३५ मध्ये ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको दाबी गरिएको छ । गणेश पौडेल

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’