कोरोना संक्रमित आमाले जन्माएका १२० शिशुमा भाइरस सरेन !

काठमाडौं, पुस ५/ कोरोना संक्रमित महिलाले जन्माएका शिशुमा भाइरस नसरेको एक अध्ययनले देखाएको छ।

न्युयोर्कका ३ अस्पतालमा कोरोना संक्रमण भएका महिलाले जन्माएका १२० शिशुको परीक्षण गर्दा कसैमा पनि कोरोना पोजिटिभ नदेखिएको हो।

आमासँग एउटै कोठामा बस्दा र स्तनपान गराउँदा समेत शिशुमा भाइरस नसरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

तर यस विषयमा अझ विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ।

यस अध्ययनमा सहभागी संक्रमित आमालाई बच्चासँग एउटै कोठामा राखिए पनि आमाले मास्क लगाउने र नियमित हात धोइरहनेजस्ता सुरक्षा अपनाएका थिए। बच्चा सुत्ने ठाउँ आमाको खाटबाट २ मिटर टाढा राखिएको थियो।

अध्ययन टोलीकी प्रमुख डाक्टर क्रिस्टिन सेलभटोरले यस अनुसन्धानबाट गर्भवती संक्रमित भए पनि जन्मिने शिशु सुरक्षित नै रहने देखिाएको बताएकी छन्।

‘तर यसबारे अझ धेरै जानकारी लिन ठूलो स्तरको अध्ययन आवश्यक छ,’ उनले भनिन्। बीबीसी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’