कालापानीमा नेपाली भू-भाग समेटिएको नक्सा रोक्न पुस्तौं पुग्ने रकमको प्रस्ताव आए, तर म डगमगाइनँ : मन्त्री अर्याल

‘पहुँचवाला मान्छेहरुकै संरक्षणमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुँदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छिन् ।

काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन् ।

‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानु पर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन । यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफूलाई सच्याउन मद्दत गर्दछ ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुबिधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्ने गरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘सबै ठाउँमा अनिवार्य हुने गरी लागू गर्न सकियो भने, सम्पतिमाथि महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथि हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।’

अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफू अगाडि बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नु परेको बताइन् । तर, यो भनेको राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडि बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उनले बताइन् ।

नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफूले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको भए पनि त्यसबाट नडराएर अगाडि बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने बताइन् ।

‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । यो निकै चुनोैतीपूर्ण कुरा थियो । मैले खुट्टा नटेकौ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पुस्ताका निम्ति पुग्ने रकमको प्रस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन्, ‘तर म डगमगाइनँ, कुनै पनि लोभलालच, डर धम्कीबाट नडराएर अगाडि बढें । नडगमगाइकन खुट्टा टेकेर यो आँट हामीले गर्नुपर्छ ।’

भूमि व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटी’ को मन्त्रालयका रुपमा बुझिदै आएको भन्दै उनले त्यहीबाट सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय महत्वको काम गर्नुपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफू अगाडि बढेको बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘गर्न सकिने ठाउँ रहेछ, तथ्य प्रमाण रहेछ भनेर अगाडि बढ्यौ । यो त युगसम्म रहने कुरा नेपालको नक्सालाई अद्यावधिक गर्दै विगतमा छुटाइएको जमिनसहित समेटेको नक्सा ल्यायौं । यो निकै महत्वपूर्ण कुरा हो ।’ सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपूर्ण कार्य रहेको भन्दै उनले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसके पनि विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताइन् ।

आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उनले वैज्ञानिक भूमि व्यवस्थापनका निम्ति अव्यवस्थित बसोबासीको पनि व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताइन् ।

हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको बताइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’