उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्षमा पर्वतका हरिओम शर्मा लामिछानेको उम्मेदावारी घोषणा

पर्वत- नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा हरिओम शर्मा लामिछानेको उम्मेदवारी घोषणा भएको छ ।
यहि पुष ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदको उम्मेदवारमा लामिछानेको उम्मेदवारी दिने घोषणा भएको हो । पर्वत उद्योग बाणिज्य संघको बिहीवार बसेको वैठकले निवर्तमान अध्यक्ष लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाउने सिफारीस गरेको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । लामिछानेले लामो समयदेखि उद्योगी व्यावसायिको क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।
महासंघको प्रदेश कार्यसमितिमा अध्यक्ष सहित जिल्ला नगर उपाध्यक्ष १ जना एशोसियट वा बस्तुगत उपाध्यक्ष १ जना र कोषाध्यक्ष सहित १६ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको छ भने ९ जना प्रत्यक्ष निर्वाचनवाट चुनिने व्यवस्था रहेको छ ।

उवासंघ पर्वतले हरिओम शर्मा लामिछानेलाई मतदान गरी अध्यक्षमा जिताउन समेत अपिल गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’