कोरोनाविरुद्ध खोप लगाउने व्यक्तिले २ महिनासम्म रक्सी पिउन हुँदैन : रुस

काठमाडौं/ विश्वमै पहिले कोरोनाविरुद्ध सफल खोप बनाएको दाबी गर्ने रुसले अब खोप लगाउने अभियान सुरु गर्ने भएको छ। त्यसका लागि चेतावनी जारी गरिएको छ।

रुसका स्वास्थ्य अधिकारीले स्पुतनिक-भी खोप लिने व्यक्तिलाई २ महिनासम्म रक्सी नपिउन सल्लाह दिएका हुन्। खोप २१–२१ दिनको अन्तरालमा लगाइन्छ।


रुसका उपप्रधानमन्त्री टाटियाना गोलिकोवाले एक अन्तर्वार्तामा खोप लगाउन चाहने नागरिकलाई कम्तीमा ४२ दिनसम्म सावधानी अपनाउन अपिल गरेका छन्।

उनले भने, ‘भीडभाडबाट बच्नू, मास्क अनिवार्य लगाउनू, सेनिटाइजर व्यवस्था गर्नू, मानिससँगको सम्पर्कबाट टाढै रहनू, अल्कोहल लिन बन्द गर्नू। रोगत प्रतिरोधी क्षमता वृद्धि रोक्ने औषधि पनि नखानू।’


रुसका उपभोक्ता सुरक्षा प्रमुख ऐना पोपोवाले भन्छन्, ‘खोपको दुवै डोज लिने क्रममा ४२ दिनसम्म अल्कोहल लिन बन्द गर्नुपर्छ। स्वस्थ शरीर र खोपले रोग प्रतिरोधात्मक शक्ति राम्रोसँग विकास गरोस् भन्ने चाहनुहुन्छ भने रक्सी पिउन बन्द गर्नैपर्छ।’

स्पुतनिक–भी खोप विकास गर्ने अलेक्जेन्डर गिट्सबर्गको बयान भने फरक छ। न्युज एजेन्सी रोयटर्सका अनुसार खोप लिनु ३ दिनअघि र तीन दिन पछिसम्म अल्कोहल नलिन उनले भनेका छन्। यो नियम हरेक खोपमा लागू हुने र यसमा पनि लागू हुने उनको भनाइ छ। एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’