पर्वतको शालिजामा आलु भण्डारण भवन निर्माण, जलजलाका अध्यक्ष मल्लद्वारा उद्घाटन

पर्वत / जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जलजला–६ शालिजामा निर्माण भएको आलुको विउ भण्डारण भवनको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन पछि बोल्दै अध्यक्ष मल्लले कृषिको उत्पादन र व्यवसायिकरण नभएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नभएको भन्दै जलजलाका विभिन्न वडाहरूलाई उत्पादन विशेष पकेट क्षेत्रका रूपमा पहिचान गरि सोही अनुसार विकास गर्ने रणनीति अख्तियार गरिएको जानकारी दिए । अध्यक्ष मल्लले जलजला धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको वताउँदै फलफूल र तरकारीमा समेत यो भूमि मुलुककै अति विशिष्ट मौलिक पहिचान बोकेको क्षेत्र भएको दाबी गरे ।
मुलुकमा भएको राजनीतिक परिवर्तनले मात्रै जनताको जीवनस्तर माथि उठ्न नसक्ने वताउँदै गाउँको आर्थिक सामाजिक रुपान्तरणका लागि सबै गाउँपालिकाबासीले कुनै न कुनै उत्पादन र उद्यम गर्नुपर्ने कुरामा जोड दिए । उनले समुदायको विकासको लागि राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर सबैमा एकता र सहकार्यको जरुरी भएको वताउँदै व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक स्वार्थमा क्रियाशील हुन सबै जलजलाबासीहरूमा आग्रह गरे । ‘राजनीति पाँच बर्षमा एकदिन गर्ने हो, अरू दिन एक भएर विकास र समृद्धिका लागि जुटौँ’ अध्यक्ष मल्लले भने ।
अध्यक्ष मल्लले स्थानीय सरकारलाई केन्द्रबाट अहिले जम्माजम्मी देशभर सात प्रतिशत बजेट आउने गरेको गुनासो गर्दै सीमित बजेटले जनताका असिमित आवश्यकता सम्बोधन गर्न नसकिएको दावी गरे । उनले जनताको अपेक्षा र चाहना अनुसार सरकारले सेवा, सुविधा र अवसर दिन नसकेको कारण यो व्यवस्थाप्रतिनै जनताको विश्वास गुम्दै गएको वताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने हो भने स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने र केन्द्र र प्रदेश सरकारलाई अझै विकेन्द्रित गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालयका वागवानी शाखाका निर्देशक रामबहादुर केसीले नेपालमा आठ अर्बको आलु आयात हुने गरेको जानकारी दिँदै आलुको आयात रोक्न र मुलुकलाई आलुबाट आत्मनिर्भर बनाउन आलुको पकेट क्षेत्र विस्तार गर्न जरूरी भएको वताए । निर्देशक केसीले शालिजामा आलु भण्डारण भवन निर्माण गर्नुमात्र ठूलो कुरा नभएको भन्दै यो भवनको उपयोग गरेर यहाँको आर्थिक समृद्धि माथि उकास्न यहाँका कृषकहरूलाई निरन्तर उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले कृषिको व्यवसायीकरणको लागि स्थानीय सरकारको सहयोग आवश्यकता रहेको वताए ।
कार्यक्रममा लुम्ले कृषि अनुसन्धान निर्देशनालयका प्रमुख डा.कालीकाप्रसाद उपाध्याय, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, जलजला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष होमबहादुर फकामी, जलजलाका राजनीतिक सल्लाहकार यम शर्मा पौडेल, जलजला गाउँपालिकाका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ललगायतले बोललेका थिए ।
ताजा तरकारी विउ भण्डारण समूहका अध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष मीनबहादुर पूर्जा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन निर्देशनालयका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्वअध्यक्ष ओमप्रसाद घायललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’