दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्स शीर्ष स्थानमा

काठमाडौं, असोज २६ / मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। उसका क्विन्टन डी कक र सूर्यकुमार यादवले समान ५३/५३ रन बनाए। दिल्लीका कागिसो रबाडाले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहे । मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिए।

जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जरर्स बेग्लोर र कोलकाता नाइट राइडर्स भिड्नेछन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’