दुर्घटनामा परि मृत्यु भएका खेलाडीको परिवारलाई आर्थिक सहयोग

पर्वत,अशोज ८/ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका युवा खेलाडी बिजय नेपालीको परिवारलाई रु ३५ हजार रुपैया सहयोग प्रदान गरिएको छ ।
गत साउन २० गते तिलाहारमा ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।
हङकङ समाज बाजुङका समाजसेबी तथा मिलन फाउन्डेसनका अध्यक्ष दुर्गा गुरुङ (मिलन ) र समाजसेनी सुरेश शर्माको पहलमा उक्त रकम प्राप्त भएको नेकपाका युवा नेता समिर मल्लले जानकारी दिनुभयो । उक्त रकम मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल मार्फत मृतक नेपालीकी श्रीमती कबिता नेपाली लाइ हस्तान्तरण गरिएको मल्लले जानकारी दिनुभयो ।
बिजय नेपाली पार्वती युवा क्लवका सदस्य समेत रहेका थिए । यस अघि पार्वती यवा क्लवले पनि रु १ लाख रुपैया सहयोग गरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’