पुर्व पत्नीका प्रेमीको गुप्तांग काटिदिए पछि…

लिस्बन (एजेन्सी), भदौ ९ /पत्नीले पारपाचुके लिएकोमा क्रोधित सनकी पतिले उनकै अगाडी जापानी सामुराइ छुराबाट उनका नयाँ प्रेमीको गुप्तांग काटिदिएका छन् । यसले प्रेमीको मृत्यु भएको बताइएको छ । यस घटनामा हत्याराले आफ्नी पुर्व पत्नीलाई तारले बाँधेका थिए, ताकि उनले पुरै घटनाक्रम देख्न सकुन ।

घटना पोर्चुगालको एक सानो गाउँको हो । प्रहरीले आरोपी पक्राउ गर्न खोजी अभियान थालेको तर यसबीच हत्याराले पनि आत्महत्या गरेको पत्ता लागेको छ । उक्त डरलाग्दो घटनापछि हत्यारा फरार भएका थिए । त्यसपछि पुर्व प्रेमिका आफै बाँधेको तार फुकाउन सफल भइन् । आरोपीको नाम स्पानइआर्ड कार्लोस सन्डे फिडल्गो हो ।

प्रहरीले हत्याराको खोजी शुरु गर्दा उनले एक पुलबाट हामफालेर ज्यान दिएको थाहा पाएको हो । स्पानइआर्ड कार्लोस सन्डे फिडल्गोको शव पनि प्राप्त भइसकेको छ । उनी पेशाले ब्यापारी थिए र आफ्नी पुर्व पत्नीको नयाँ सम्बन्धलाई लिएर खुसी थिएन । गुप्तांग काटिएकैले प्रेमी लुइस मिगुइलको मृत्यु भएको बताइएको छ । हत्याराले आफ्नी पुर्व पत्नी कहाँ कहाँ जान्छे थाहापाउन उनको गाडीमा जीपीएस ट्य्राकर लगाएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

ज्वाला संग्राैला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

पर्वतको धाइरिङ्गमा पहिरोले विस्थापित ३१ परिवार विद्यालयको आश्रयमा

कोरोनाको नयाँ प्रजाती नेपालमा भेटियो

जलजलाका पहिरोपिडित ५२ परीवारलाई खाद्यन्न बितरण

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतका दुईजनाको मृत्यु