कोरोना कहरले रोकेन रहर-नाँचौ गाउँ रमाऔ

काठमाडौं, साउन २/ कोरोना कहरले गर्दा यो वर्षको सांगीतिक बजार सोचेजस्तो छैन् । अघिल्ला वर्षहरुमा जस्तो तीज गीतको रौनकता पनि छैन् यो वर्ष । लगभग ३ महिनाको लकडाउन अलि खुकुलो भएपछि बाहिर निस्किएका कलाकारहरुले फाट्टफुट तीज गीत रेकर्ड गराईरहेका छन् ।

गायिका ईन्दिरा भट्टराईलाई पनि कोरोना कहरले तीज गीत निकाल्न रोकेन । तीज लक्षित गीत सार्वजनिक गरेकी छिन् । बिनोद बन्जाराले लेखेको गीतमा संगीत पनि गायिका आफैंले भरेकी छिन् । गीतको म्यूजिक भिडिये पनि सार्वजनिक गरिएको छ ।

निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले म्यूजिक भिडियो निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा मोडल नितु कोइरालाले अभिनय गरेकी छिन् । जागरण महिला समाज समुहको आयोजन तथा निर्देशक तथा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसीको सहयोगमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

blob:https://www.youtube.com2e988a92-4919-4955-9e6a-d3b0e5b3d653

भिडियोलाई सूर्य महर्जनले छांयाकन गरेका हुन भने कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठलाई सहयोग गरेकी छिन । बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ ।

हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ले अघिल्लो वर्ष नाचौं मितिनी बोलको तीज गीत सार्वजनिक गरेकी थिईन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’