मुक्तिनाथमा मोदीको आँशु, कतै मुख नखोलेका मोदीले पुजारी संग खोले यस्तो रहस्य

दुर्गाप्रसाद शर्मा ,पर्वत / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको पुजा गर्ने क्रममा आफुँ मुक्तिनाथ पहिले नै आएको खुलासा गरेका छन ।
मुक्तिनाथमा पुजाका लागि जाने क्रममा कसै संग प्रतिकृया नदिएका मोदीले मन्दिरभित्र पुजा गर्ने क्रममा भने पुजारी संग आफुँ युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरेका हुन ।
पुजाका क्रममा मन्दिरको मुर्ती भन्दा तल रहेको ‘गर्भगृह’ का बारेमा पुजारी कृष्णप्रसाद सुबेदीले बर्णन गर्ने बेला उल्टै पुजारीलाई आफुँ त्यहाँ आउँदा देखेको कुरा बर्णन गरिदिएका हुन । ‘मैले पुजा गराउने क्रममा गर्भगृह लगायका बिषयमा बर्णन गर्दै थिए’ पुजारी कृष्णप्रसाद सुबेदीले भने ‘उल्टै मलाई उहाँले बर्णन गरिदिनुभयो ’ मोदीले आफुँ २०–२२ बर्षको उमेरमा मुक्तिनाथ आएको र अहिले धेरै परिर्वतन भएको कुरा सुनाएका थिए । ‘मन्दिरमा रहेको शालिग्राम खण्ड र गर्भगृहमा पहिले पानी बग्ने गरेको, शालिग्रामहरु यस्तो अवस्थमा रहेको भनेर पुराना दिन स्मरण गर्नुभयो ’ पुजारी सुबेदीले नेपाल समाचारपत्र संग भने ।
मन्दिरमा मोदीलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र प्रदेश चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे। मुक्तिनाथमा उनले करिब एक घण्टा बिताए। एकघण्टाको बसाइमा उनले मुक्तिनाथको पूजाअर्चना गरे तर उनले त्यहाँ कुनै कुरा औपचारिक रुपमा भने बोलेनन । मोदीले विभिन्न व्यक्तिहरुलाई भेटेको समेत लाइभ गर्न भ्याए। उनको आफ्नै च्यानलबाट पनि दशकौ पहिले मुक्तिनाथ पुगेको कुरा खुलाएका थिए । त्यस्तै, मोदी प्रधानमन्त्रीका रुप पहिलोपटक नेपाल आउँदा आफैँले संसद्मा नेपालीमा भाषण गर्दै भनेका थिए, ’धेरै धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुको रुपमा म मुक्तिनाथ पुगेको थिएँ’। मोदी वैवाहिक जीवनबाट विरक्तिएर मुक्तिनाथको साधना गर्न पुगेको बताइन्छ ।
मुक्तिनाथमा मोदीको आँशु


मुक्तिनाथ मन्दिरमा पुजा गर्ने क्रममा मोदीले आर्शिबाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी कृष्णप्रसाद सुबेदीले गरेका छन । पुरै धार्मिक बिधीपुर्वक पुजा गरेका मोदीले पुजारीले आफ्ना मनोकाँक्षाहरु भए भगवान संग माग्नुस भन्दा आँशू झारेका थिए । ‘मैले हुजरले ध्यान लगाएर आफ्नो लागनी वर माग्नुस भने, उहाँ भावबिभोर भएर आँशु खसाल्नुभयो’ उहाँले भन्नुभयो ‘मैले उहाँमा अति धेरै श्रद्धा, बिश्वास र प्रशन्नता देखेँ’

भारतीय पर्यटक दोब्बर बढ्ने बिश्वास


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पुजा अर्चना गरेपछि त्यसको प्रभाब यस क्षेत्रको पर्यटन उद्योगमा पनि पर्ने बिश्वास गरिएको छ ।
हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र भएकाले मोदीको भ्रमण र पुजा अर्चनाले भारतीय पर्यटक र तीर्थयात्रीको संख्या कम्तीमा पनि दोब्बर हुने बिश्वास लिएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकास लम्सालले बिश्वास ब्यक्त गरे । ‘यो भ्रमणले प्रदेश नं ४ को धार्मिक तथा पर्यटकीय क्षेत्रमा झनै ठुलो परिर्वतन आउने छ’ उनले भने ‘पर्यटन उद्योगको बिकासमा यो महत्वपुर्ण कोशे ढुंगा सावित हुनेछ’
मोदीको धार्मिक भ्रमणले मुक्तिनाथको झनै महत्व बढ्ने बिश्वास स्थानियमा पनि । त्यहाँबाट उनकै आफ्नो आधिकारिक युटुब च्यानलबाट समेत मन्दिरमा पूजा गरेको मात्र लाइभ गरे। भारतीय सञ्चारमाध्यामले लाइभ गरेका थिए । मोदीले ४२ करोड फलोअर्स रहको आफ्नो टुविटरमा तीन वटा टुर्वइट गरेका छन ।
मुक्तिनाथमा अहिले दैनि ५ सय भारतीय पर्यटक आउने गरेका छन । अब त्यो संख्या एक हजार पुग्ने बिश्वास गरिएको छ । अहिलेको संख्यमा कम्तीमा पनि दोब्बर संख्याले बढ्ने बिश्वास स्थानियमा रहेको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’