काठमाडौं महानगरमा कुलमान घिसिङ मेयरको उम्मेदवार !


Kulman-Ghising-1काठमाडौं
/ काठमाडौं महानगरपालिकाको मेयर पदमा विद्युत प्रधिकरणका कार्यकारी
अधिकृत कुलमान घिसिङलाई उठाउने चर्चा चलेको छ । नेकपा माओबादी केद्रका तर्फबाट उनलाई मेयर पदमा उठाउन लागिएको हो ।

एमालेका उम्मेदवार केशव स्थापितलाई टक्कर दिन कुलमानलाई मेयरमा उठाउन लागिएको माओबादी नेताहरुले बताएका छन् ।

निर्वाचनलाई आफ्नो पोल्टामा पार्न चाहेको एमाओबादीले घिसिङलाई उठाउने तयारी गरेको हो । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा स्थापित र राप्रपाबाट उपप्रमुखमा रेखा थापाको चर्चा चलेको छ ।

घिसिङले नेपाल विद्युत् प्राधिकरणको प्रमुख भएर काम गर्दा निकै राम्रो छाप पार्न सफल भएकोले उनले मेयरको पद जित्न सक्ने माओबादी नेताहरुले विश्लेषण गरेका छन् ।

काठमाडौंमा घिसिङको लोकप्रीयताको ग्राफ उकालो लाग्दै गरेकोले घिसिङलाईनै मेयरको उम्मेदवारको रुपमा उठाउने आन्तरिक तयारी भएको माओबादी केन्द्रका एक नेताले बताए ।

अरु दलसँग चुनावी एकता गरेर भएपनि सकेसम्म धेरै ठाउँमा विजयी हुने माओबादीको योजना छ । यही सन्दर्शमा घिसिङ काठमाडौंका लागि राम्रो पात्र हुने ती नेताले बताए ।

काठमाडौंमा कांग्रेसँग एकता गर्ने कुरा पनि चलिरहेको छ । तर कांग्रेसँग एकता नभएमा चाहिँ घिसिङ नै मेयरको उम्मेदवार हुने नेताहरुको दावी छ ।

एकता भएमा चाहिँ मेयरको उम्मेदवार कांग्रेसले उठाउने छ । काठमाडौंका पूर्व मेयर स्थापित फेरी पनि काठमाडौंमा मेयरका उम्मेदवार बन्दैछन् । उनले मेयर भएको बेलामा निकै राम्रो छाप छोडेकोले उनलाई टक्कर दिनुपर्ने अवस्था रहेको माओबादी नेताहरुले बताएका छन् ।

यसैबीच साझा पार्टीले पनि पूर्व सरकारी कर्मचारी किशोर थापालाई मेयरको पदमा उठाउँदैछ । यो बीचमा नाम कहलिएकाहरुको कडा टक्कर हुने देखिएको छ ।

घिसिङले चाहिँ यो विषयमा अहिले सम्म मुख खोलेका छैनन् । लोकान्तरबाट

सम्बन्धित समाचार

1 Comment for “काठमाडौं महानगरमा कुलमान घिसिङ मेयरको उम्मेदवार !”

  1. Um Rakaskoti

    यदि घिसिङलाई मेयर को पद दिइयो र उन्ले यो पद पाउनु भनेको काठमान्दौ बासिले हिरा पाउनु हो, if ktm people gives mayor post to ghising it means ktm people gets Diamond.

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’