स्वर्गद्वारी दुर्घटनापछि घरै खाली, रहेन दिनेश बस्नेतको चारजनाको सुखी परिवार

family_accident-58d5bd445ddb71.98280365ललितपुर / तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो ।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ ।
मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन् । करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ । दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ । ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो । धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ । ुसोच्दै नसोचेको घटना भयो । उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौुं, दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने ।
दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए । स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन् । धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो । ुउहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो । पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्योु, दिनेशका पुरोहित मिलन अधिकारीले भने । ुदिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिएु, उनले भने ।
दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए । दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो । चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन् ।
स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो । दीक्षा पढाइमा अब्बल थिइन् । जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन् । उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन् । दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन् । उनी पनि ुफाइनल एक्जामु दिएर बसेकी थिइन् । ुहामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौुं, स्थानीय पूर्ण थापाले भने । यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’