देश

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वत : पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ । पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक विद्यालयबाट रक्त समूह पहिचान अभियान थालेको हो । समाजले कुश्मा–१० भित्र रहेका ६ वटा सामुदायिक विद्यालयको रक्त […]


मिलन ग्रुप अफ नेपालका संयोजक गुरुङलाई सम्मान, आनन्द गुम्बामा फर्निचर सहयोग

पर्वत : समाजसेवी तथा मिलन ग्रुप अफ नेपालका संयोजक दुर्गा घोताने गुरुङ ‘मिलन’ ले कुश्मामा रहेको आनन्द गुम्बालाई उपलब्ध गराएका फर्निचरहरु शनिवार हस्तान्तरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भई हाल हङकङ रहँदा गएका गुरुङ र उनकी पत्नी गंगाले करिब एक लाख ६० हजार मूल्य बराबरका फलामे कुर्चीहरु मोदीकाली बुद्ध सेवा विकास […]


फलेबासमा स्वास्थ्य शिबिर, पहिलो दिनमा नै एक हजार बढीको निशुल्क स्वास्थ्य परिक्षण

पर्वत/ जैमुनी नगरपालिका–६ जैदीकी रिता थापा हात खुट्टा तथा ढाड दुख्ने समस्याले ग्रसित थिईन । उनलाई हिँड्न डुल्न तथा उठ्न बस्न समेत गाह्रो हुँदै गएको थियो । विगत ३ बर्षदेखि उक्त समस्याले ग्रसित थापा आर्थिक अभाव र घरायसी समस्या कारण रोगलाई दबाएर बस्न बाध्य थिईन । उपचारका लागि गाउँका स्वास्थ्य क्लिनिकहरुले पोखरा वा काठमाडौँ जान […]


शुभकल्याणमा भवन तथा सरस्वती मन्दिर उद्घाटन, सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा ध्यानकेन्द्रित गर्छौ मन्त्री गुरुङ

पर्वत/पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण निमाविमा ६१ औँ वार्षिकोत्सव संगै विद्यालयमा निर्माण सम्पन्न भएको चारकोठे भवन र सरस्वती मन्दिरको उद्घाटन भएको छ । विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव संगै भवन र मन्दिरको उद्घाटन गरेको हो । प्रमुख अतिथी गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले विद्यालय भवनको उद्घाटन गर्नुभयो भने कुश्मा नगरपालिकाका नगरप्रमुख […]


‘कामका लागि पारिश्रमिक’ ले आत्मनिर्भर बन्दै महिला

पर्वत :/ जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी देवी पौडेलका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन्। गाउँमा छोराछोरी र देवी बस्छन्। तीन वर्षयता श्रीमानले विदेशबाट पठाएको रकम घर खर्चमा चलाउन परेको छैन। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत तीन वर्षदेखि गाउँमा विभिन्न काम गर्दै आइरहेकी छिन्। गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा सञ्चालन गरिएको ‘कामका लागि पारिश्रमिक’ कार्यक्रम […]


९२ बर्षिय बृद्धद्वारा आफैले अध्यापन गराएको बिद्यालयमा अक्षयकोष स्थापना

पर्वत/ पर्वतका एक जना ९२ बर्षिय बृद्धले आफुँले अध्यापन गराएको बिद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पैंयुँ गाउँपालिका वडा नं ७ भोर्ले काभ्रा भञ्याङका ९२ बर्षिय ओमप्रकाश शर्मा भुसालले भोर्लेस्थित जनता माबिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । हाल बर्दियामा बसोबास गर्दै आउनु शर्माका छोरा निलकण्ठ शर्माले अक्षयकोषको रकम बिद्यालयका प्रधानाध्यापक केशबव्रसाद बस्याललाई […]


प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टङ्क अधिकारी

पर्वत :/नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ। अधिवेशनबाट प्रदेश स्तरीय समितिमा सर्वसम्मत रूपमा नै पदाधिकारी तथा सदस्यहरू चुनिएका छन्। समितिको अध्यक्षमा कास्कीका टङ्क अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कास्कीका माधव रेग्मी, महिला उपाध्यक्षमा पर्वतकी सङ्गीता केसी, समावेशी उपाध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की शारदा झेडी मगर चयन भएका छन्। […]


घरमा आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

पाँचथर/पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु […]


स्थानीय तहमा जनप्रतिनिधिहरु वीच अविश्वासको खाडल : जलजलामा कार्यपालिका वैठकमा लफडा

पर्वत । स्थानीय तहहरुमा जनताको अभिमतबाट चुनिएका जनप्रतिनिधिहरुले जनभावना विपरित काम गर्ने गरेको उदाहरण पर्वतका केहि पालिकाहरुमा देखिन थालेको छ । फरक दलहरुबाट निर्वाचित जनप्रतिनिधिहरुले सामूहिक निर्णय गर्न नसक्दा स्थानीय तह सञ्चालनमा समस्या देखिन थालेको हो । बुधवार जलजला गाउँपालिकाको कार्यपालिका वैठक फेसुवक मार्फत प्रत्यक्ष प्रसार गरिएको थियो । प्रत्यक्ष प्रसारण भएको वैठकमा कार्यपालिका सदस्यहरुले […]


सरकारी विद्यालय आफन्तलाई जागिर खुवाउने थलो होइन : अध्यक्ष तिमिल्सिना

पर्वत /राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा रहेको बताएका छन्। पर्वतको कुश्मा नपा–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयहरू पढाउन सक्नेलाई भन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताएका हुन्। विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेहरूलाई जागिर […]