देश

पर्वतको सिसाठाँटीमा दुग्घ संकलन केन्द्र स्थापना

पर्वत/ पर्वतको फलेवास नगरपालिकामा दुग्ध संकलन केन्द्र संचालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र मार्फत संचालित भैसी पकेट कार्यक्रम मार्फत उत्पादित दुघ बिक्रि वितरणका लागि फलेवास नगरपालिका–३ शंकरपोखरी स्थित सिसाठाँटीमा दुग्ध संकलन केन्द्र संचालनमा ल्याईएको हो । दुग्ध संकलन केन्द्रको सोमवार नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गरेका छन् […]


कोरोना कहर -पर्वतको कुस्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

पर्वत/ जनप्रतिनिधि तथा कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेको छ । कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म बन्द गरिएको हो । ‘कुश्मा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयमा कार्यरत कर्मचारीदेखि जनप्रतिनिधिहरू […]


पाङ नुवारथरमा एमालेको टोल कमिटी

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा नेकपा(एमाले)ले टोल कमिटी गठन तथा संगठन बिस्तार अभियानलाई तीब्र बनाएको छ । नेकपा(एमाले) कुस्मा नगरपालिका वडा नं १ वडा कमिटीको आयोजनामा साविक पाङ ४ नुवारसुबेदीथरमा शनिबार भएको टोल भेलामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको हो । नवगठित टोल समितिको अध्यक्षमा गोबिन्द उपाध्याय, उपाध्यक्षमा सरस्वती शर्मा, सचिबमा प्रतिमा […]


खुर्कोटको दलित बस्तीका बालबालिकालाई न्यानो कपडा

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटको दलित बस्तीका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । खुर्कोटको खाल्टाको दलित बस्तीमा समाजसेवी स्वस्थानी रिजालले शनिबार बालबालिकालाई न्यानो कपडा बितरण गर्नुभएको हो । बिपन्न परिवारका बालबालिकाहरु चिसोमा कठ्यांग्रिदै बिद्यालय जानुपरेको अबस्थामा बालबालिकालाई चिसोबाट बचाउन न्यानो कपडा बितरण गरेको रिजालले बताउनुभयो । नेकपा(एमाले) कुस्मा नगरकमिटीकी उपसचिब समेत रहनुभएकी […]


मुल्यबृद्धि तथा मन्त्री रेणु यादबको धम्की बिरुद्ध युवा संघ पर्वत सडकमा

पर्वत / नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा सीके राउतलाई दिएको सार्वजनिक धम्कीको विरुद्धमा राकेजुलुस प्रदर्शन गरेको छ । कुश्माबजारस्थित पार्टी कार्यालयवाट शुरु भएको राके जुलुस शिवालय चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा बर्तमान सरकार विरुद्ध र मन्त्री रेणु […]


कोरोना कहर पर्वत- स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पताल बन्द

पर्वत/कोभिड १९ को तेश्रो लहरबाट पर्वत अस्पतालमा कार्यरत ४ जना चिकित्सक सहित १६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिए सँगै अस्पतालले शुक्रबार एक सूचना जारी गरी आकस्मिक सेवा र फिवर क्लिनिक बाहेक सवै सेवा बन्द हुने जानकारी दिएको छ । पर्वत अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डिबी क्षेत्रीका अनुसार अस्पतालमा जनशक्ति […]


तेश्रो भेरियन्टको संक्रमणबाट पर्वतकी एक युवतीको मृत्यु

पर्वत/कोभिड १९ को तेश्रो लहर सँगै फैलिएको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी २३ बर्षिय युवतीको ज्यान गएको छ । विहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मृतक युवतीको माघ ५ गते कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या सँगै शरिरको तापक्रम अनियन्त्रित […]


प्रेस यूनियन पर्वतको अध्यक्ष बने उत्तम अधिकारी

पर्वत /लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था प्रेस युनियन पर्वतको अध्यक्षको जिम्मेवारी उत्तम अधिकारीले पाएका छन् । अध्यक्षमा रुपमा रहेकी माया अधिकारीले पाएको जिम्मेवारीको समय पूरा भएपछि बिहीबार एक कार्यक्रमको आयोजना गरि मायाले उत्तमलाई जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । प्रेस युनिको पाँचौँ जिल्ला अधिवेसनमा सहमति नभएपछि मतदान भएको थियो । त्यस क्रममा दुवै उम्मेद्वारले समान ३०÷३० समान […]


सुन्तला बेचेर एक वर्षमा पचास लाख

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । […]


फलेवास नगरपालिका द्धारा स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण

पर्वत/फलेवास नगरपालिकामा समुदाय स्तरवाट संचालित स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको केन्द्र फलेवास ५ खानिगाँउमा रहेको धुलिखेल स्वास्थ्य केन्द्रलाई रु १० लाख लागतकामा एम्वलेन्स हस्तान्तरण गरिएको हो । नगरपालिकाले अघिल्लो आ.व.मा वजेट विनियोजन गरि यस वर्ष स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स उपलब्ध गराएको हो । स्वास्थ्य केन्द्रमा एम्वुलेन्स नहुदा विरामीहरु लाई सेवा दिन कठिन भै […]