Exclusive News – Below Menu Section

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

काठमाण्डौ/ थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संग उहाँको सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार भेट गरेका छन । भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन । भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली भलका नागरिकका समस्याहरु समाधानका लागि […]


पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

पर्वत : अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्ने छ’ भनिएको छ। सात वटा स्थानीय तहहरू रहेको पर्वतमा दुई वटा नगरपालिका र […]


ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा रहेको फर्से धाईरिङ माध्यमिक विद्यालयका विद्यार्थीहरू आइतबार छक्क परे। प्रहरीको पोसाकमा सजिएका व्यक्तिहरू विद्यालयमा प्रवेश गर्दा उनीहरूलाई डर पनि लाग्यो। सामान्यतः अपराध भएको स्थानमा पुग्ने गरेका प्रहरीलाई विद्यालयमा देखेपछि विद्यार्थीहरू डर नलागोस् पनि कसरी? उनीहरूको डर त त्यतीबेला भाग्यो जति बेला ट्राफिक प्रहरीले कहीँ कतै दुर्घटना भएमा, सवारी सञ्चालकबाट यात्रु […]


बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

तनहुँ / बन्दीपुरलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ निर्माणाधीन केबलकार परीक्षण अन्तिम चरणमा पुगेको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण गरिरहेको हो । यसले बन्दीपुरको पर्यटन विकासमा थप टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । केबलकारमा आवश्यक सम्पूर्ण मेकानिकल सामग्री जडान गरिसकिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाए । मेकानिकल सामग्री […]


राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’

काठमाण्डौ/चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण […]


बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

पर्वत । बजेट अभावमा पर्वत जिल्लाका एक दर्जन बढि आयोजनाहरुको निर्माण कार्य अलपत्र परेको छन् । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट समेत संघ तथा प्रदेशबाट खानेपानी कार्यालयमा प्राप्त नहुँदा आयोजना सम्पन्नको अन्तिम चरणमा पुगेका आयोजनाहरुको समेत काम रोकिएको छ । जिल्लाका खानेपानीको चरम समस्या बेहोरीरहेका जिल्लाको विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा बजेट […]


‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारी एक्लो महसुस गर्छिन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता […]


प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

पर्वत : सरकारसँग विगतमा पटक पटक सम्झौता हुँदा माग पूरा गर्ने आश्वासन दिए पनि सरकारले माग पूरा नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलित भएका छन् गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा आफूहरूको मागको केही न केही सुनुवाइ हुने बसेको भए पनि सरकारले उनीहरूको मागको सम्बोधन नगरेपछि आन्दोलन फेरि सुरु भएको […]


बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–४ घर भई हाल काठमाडौँमा बस्दै आएका निर्मल श्रेष्ठले आफ्ना बाबु र आमाको स्मृतिमा पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्। बुबा आमा नरबहादुर श्रेष्ठ र पद्माकुमारी श्रेष्ठको स्मृतिमा अस्पतालले स्थापना गरेको ‘पर्वत अस्पताल गरिब, असहायलक्षित विपद् कोष’ मा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। निर्मलका दाजुहरू गोविन्द प्रसाद श्रेष्ठ, […]


दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्। उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप […]