एमाले संसदीय दलको प्रमुख सचेतकमा पर्वतका सांसद गिरी नियुक्त


काठमाडौं / नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । लामो समयदेखि एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

उनीहरू दुवैजना कुनै बेला सँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेताहरूलाई जिम्मा दिएका हुन् । गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुन् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।

बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । भेट्रान नेता विरोध खतिवडालाई पराजित गरेर आएका बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’