कुस्मामा थ्री ए साईड भलिबल प्रतियोगिता सम्पन्न , प्रथम पुरस्कार निरमाया दोहोरी साँझले जित्यो

पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारमा तीन दिने थ्री ए साइड भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

पर्बत स्पोर्ट्स हाउसले आयोजना गरेको थ्री ए साईड भलिबल प्रतियोगितामा निरमाया दोहोरी साँझ पोखरा प्रथम भएको छ ।
निरमाया दोहोरी साँझ पोखराले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रथम पुरस्कार जितेको हो ।

प्रथम हुने निरमाया दोहोरी साँझले ४० हजार नगद, ट्रफी र मेडल तथा दितिय हुने बुद्द युबा क्लबले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुन युबा क्लबको खेल मैदानमा भएको प्रतियोगितामा बिभिन्न जिल्लाका गरि २२ टिमले भाग लिएका थिए ।
प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो । उक्त अबसरमा बोल्दै उपप्रमुख रिजालले भलिवल खेल गण्डकी प्रदेशको सबैभन्दा लोकप्रिय खेलको रुपमा बर्षौ देखि स्थापित भएको चर्चा गर्नुभयो । गाउँ शहरमा हुने प्रतियोगिताहरुले खेलको प्रर्बद्धन गर्न सहयोग पुगेको बताउँदै खेलाडी उत्पादन र प्रशिक्षणलाई ब्यबस्थित बनाउन जरुरी छ भन्नुभयो । आफुँ खेलकुद क्षेत्रको बिकास र युवाहरुलाई खेलकुदबाट नै जीबिकोपार्जन कसरी गराउन सकिन्छ भन्ने बिषयमा गम्भीर भएकाले यस क्षेत्रको बिकासका लागि आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने आश्वासन .पनि दिनुभयो । उपप्रमुख रिजाल मदन भण्डारी स्र्पोटस एकेडेमीको केन्द्रिय सदस्य पनि हुनुहन्छ भने उहाँको परिवारले ब्यक्तिगत लगानीमा कुस्मा नगरपालिका १ पाङमा खेलकुद मैदान समेत निर्माण गरेको थियो ।

पुरस्कार बितरण कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले समितिले हरेक खेलको बिकास लागि भूमिका खेल्दै आएको बताउँदै प्रदेश सरकारले बजेट र कार्यक्रम नदिए र खेलकुदका गतिबिधी गर्न कठिनाई भैरहेको गुनासो गर्नुभयो ।

जिल्ला भलिबल संघका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा पुन युबा क्लबका अध्यक्ष तथा जिल्ला भलिबल संघका सल्लाहकार कृष्ण पुन, कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेली लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’