पर्वतमा गठबन्धन गरेर चुनाब लड्दा कांग्रेसको संगठन ध्वस्त भएको छ- मल्ल

फाइल फोटो

पर्वत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखि जिल्ला तहका नेताहरुले पनि गठबन्धनका कारण कांग्रेसले स्थानिय तह निर्वाचनमा सफलता प्राप्त भएको दाबी गरिरहँदा कांग्रेसकै नेताहरु भने गठबन्धन गरेर चुनाबमा जाँदा तल्लो तहमा पार्टीको संगठन ध्वस्त भएको गुनासो गर्न थालेका छन ।
पर्वतमा शनिबार आएका कांग्रेसका केन्द्रिय उपसभापति पुर्णबहादुर खड्काले गठबन्धनका कारण नै २०४९ यता स्थानिय तहमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको दाबी गरेका थिए । खड्का र जिल्ला नेतृत्वको दाबीलाई खण्डन गर्दै कांग्रेसका गण्डकी प्रदेश कार्यसम्पादन समितिका सदस्य यामबहादुर मल्ल रामकृष्णले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दुई चार जना प्रमुख पद जिते पनि तल्लो तहमा कांग्रेसको संगठन गठबन्धनका कारण ध्वस्त भएको बताएका छन ।
उनले जिल्ला सभापति युबराज जोशीले गठबन्धनका नाममा स्थानिय कार्यकर्ताको भावना बिपरित टिकट बितरण गरेको आरोप लगाएका छन । उनले हारको जिम्बेवारी पनि सभापति जोशीले नै लिनुपर्ने दाबी पनि गरेका छन । ‘आफ्ना एसमेनलाई टिकट दिँदा गाउँसम्म बर्षौदेखि दुःख पाएका नेता कार्यकर्ता किनारा लागेका छ्न । त्यसको कारण वडा वडामा काँग्रेसको संगठन ध्वस्त हुन पुगेको छ । पर्वत जिल्लाको नेतृत्वको दादागिरी, मनोमानी र तानाशाही प्रबृत्तिले गर्दा आज काँग्रेसको संगठन पर्वतमा छिन्नभिन्न भएको छ । ’ मल्लले लेखेका छन ।

यस्तो छ नेता मल्लको स्टाटस

नेपालमा हरेक किसिमका तानाशाही प्रबृत्ति र अधिनायकवाद बिरुद्ध लडेर परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका खेलेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हो । हरेक पार्टीको आफ्नै विधि, पद्धति, नीति हुन्छ। प्रजातान्त्रमा बिश्वास गर्ने नेपाली कांग्रेस अन्य पार्टी भन्दा फरक पार्टी हो । कांग्रेसको यहि असल नीति, बिचार र सिद्धान्त मानेकै कारण हामी जन्मजात रुपमै नेपाली कांग्रेसमा समाहित भएका हौ । हरेक परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्दै आउँदै गर्दा आज नेपाली कांग्रेस पर्वतमा जुन तानाशाही प्रवृत्ति र अधिनायकवादी क्रियाकलापको पुनराबृत्ति भएको छ, यसले जिल्लादेखि गाउँसम्मका आम नेपाली कांग्रेसमा आस्था र बिचार राख्ने नभई लोकतान्त्रिक मुल्यमान्यता अगाल्नेहरुलाई समेत थप चिन्तित बनाएको छ । भर्खर मात्रै स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । झ्वाट्ट हेर्दा पर्वतमा सात वटा पालिकामध्ये पाँच वटा पालिकाका प्रमुख , अध्यक्ष नेपाली कांग्रेसले जित्दैगर्दा गाउँसम्मको काँग्रेसको संगठन ध्वस्त भएको छ । ०७४ सालको स्थानीय तहमा तीन वटा पालिकाको प्रमुख र उपप्रमुख जितेको काँग्रेसले त्यतिबेला २० वटा वडा जित्दै गर्दा दुई वटा पालिकामा दुई तिहाई बहुमत थियो । तर अहिले २६ वटा वडा जितेपनि अधिकांश वडामा अध्यक्षबाहेक अन्य सदस्य एमालेले जितेको छ । जलजला को सन्दर्भ मा भन्न पर्दा ०७४ को चुनाब मा २९ सिट जितेको २३ सदस्य, ४ वडा अध्यक्ष र प्रमुख उपप्रमुख गरि। अहिले १० सिट मात्रै जितेको छ यो कारण हो आफुखुसि जबर्जस्ति गठबन्धन को नाममा त्यहाँका नेता कार्यकर्ता लाई कुनै सरर्सला नगरी ४०र५० भोट् नभएका पाटी लाई ३र३ सदस्य दिदा यो अबथा काँग्रेसी कार्यकर्ता ले ५ बर्ष को लागि भोगनु परेको छ यो अबथा बनाएको पाटी सभापति युबराज जोशी ले नै हो किनकि म पाटी को चुनाबमा प्रतिष्पर्धा भएको कारण ले गर्दा मेरा वडा हरुमा यसरी टिकट दिएको हो अहिले यो कुरा उहाँ नै बोल्दै हिड्नु भएको छ। स्थानीय तहको निर्वाचनमा आफ्नो स्वाथ को लागि गठबन्धन गर्नु भयो। माओवादी ले उपप्रमुख कुस्मा चाहिदैन पैयु दिनु भन्दा कुस्मै लानु पर्छ भनु भएछ कुस्मा नगरपालिका को टिकट आफुलाई चाहिएको कारण जबरजस्ती गठबन्धन गरिएको हो अरुलाई सिफारिस नगरी एक्कल आफुलाई मात्रै सिफारिस गरि पठायो तर प्रदेश ले जिल्ला को जस्तो व्यबहार नगरी रामचन्द्र जोशी लाई निया दियो। अनि आफ्ना एसमेनलाई टिकट दिँदा गाउँसम्म बर्षौदेखि दुःख पाएका नेता कार्यकर्ता किनारा लागेका छ्न । त्यसको कारण वडा वडामा काँग्रेसको संगठन ध्वस्त हुन पुगेको छ । पर्वत जिल्लाको नेतृत्वको दादागिरी, मनोमानी र तानाशाही प्रबृत्तिले गर्दा आज काँग्रेसको संगठन पर्वतमा छिन्नभिन्न भएको छ । अव लगत्तै संघ र प्रदेश सभा सदस्यको निर्वाचन आउँदै छ । यो बेला भनेको काँग्रेसका तमाम नेता कार्यकर्ता साथीहरु एक ढिक्का हुने बेला हो । एकताबद्ध भएर निर्वाचनमा साझा उम्मेदवार चयन गरेर राम्रो मत ल्याएर जित्ने वातावरण बनाउने बेला हो । तर यस्तो बेलामा पार्टीको आन्तरिक निर्वाचनमा आफुसंग प्रतिष्पर्धा गरेको भोट् नहालेका कार्यकता लाई किनारा लगाउन खोज्ने, पार्टीको पदीय मर्यादालाई बेवास्ता गर्ने, अपमान गर्ने जुनप्रबृत्ति सभापति युवराज जोशीमा हावी देखिएको छ, यसले काँग्रेस बलियो बनाउने होइन यसले काँग्रेसलाई सक्ने बाहेक अरु काम नगर्ने पक्का छ । म०४८ सालको निर्वाचनमा देखि नेपाली काँग्रेसको चार तारे झन्डा र रुख देख्दा स्कुल छाडी छाडी आमसभा मा पुग्ने गर्थे मलाई राजनीति सिकाउने र हिडाने मेरा गुरु हरु मेरो माईलो बुवा डम्बरबहादुर मल्ल, भवानी शंकर पौडेल हुनुथो मेरो पहिलो अनुभव लेखफाँट गिदेस्वार को आमसभा मा पुगेको थिए जुन घटना घट्यो तो बेला देखि हरेक संघस भोगदै आफू सकिएको थाहा नपाई पाटी र नेता भन्दै यहाँ सम्म आएको छु यो कुरा सबै लाई थाहा नै छ । ०४९ स्थानीय चुनाब, ०५१ को मध्याबती चुनाब , ०५४ ,स्थानीय चुनाब तेस्पछी ०५६ को चुनाब मा मेरो राजनीतिक गुरु भवानी शकर पौडेल को टिकट खोसिदा पनि उटै अर्जुन जोशी लाई के के गरेनन हामी मल्लाजी हरु ले सबै भन्दा बढी भोट् हालेर जिताएकै हो मल्लाजी हरु सधै पाटी प्रती बफदार छन मल्लाजि हरुलाई अब खेलाउना नसम्झनु होला तो दिन तपाईं को लागि अब नऔन सक्छ। तेस्पछी ०६४ को चुनाब मा पनि तो भन्दा बडि गरियो ०७० को चुनाब मा त के के गरिएन पैसा गाडी सोयम म आफै वडा वडा मा एजेड धेरै गराउन को लागि स्वतन्त्र उमेदवार भएर अर्जुन जोशी लाई जिताउन सक्रिय भूमिका खेलेदेखि अहिले पनि हरेक बखत संगठित र मजबुत काँग्रेस निर्माणकै सपना देख्ने गर्छु, म नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष र जलजला गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा र आजसम्म आउँदै गर्दा पार्टीमा मेरो पनि थुप्रै लगानी छ तेहि पाटी कार्यलय को कुरा गरु सबै भन्दा धेरै पैसा मैले नै हालेको छु तर त्यहाँ जदा मुखामुख गरिछ । जुन पदमा रहँदा पनि मेरो ब्यक्तिगत फाइदा कैलेही हेरेन मेरो अहिले अबथा सबै लाई थाहा नै छ म आफू सकिए र भए पनि पाटी र संगठन को लागि लागि रखेको छु। म समग्र पार्टीका नेता तथा नेपाली काँग्रेसको भातृ तथा शुभेच्छुक संस्थालाई सबल, सक्षम बनाउन उनीहरुलाई आवश्यकताअनुसारको सहयोग गर्नमा केन्द्रीत भए । त्यो आज पनि जगजाहेर नै छ । टकलाकदेखि बासखर्क र आर्थरदेखि भुकसम्मका जुनसुकै कार्यकर्ता वा आम नागरिकलाई समस्या र पीडा हुँदा पनि म आफ्नो समस्या र पीडा सम्झेर हातेमालो गरे । जुनसुकै ब्यक्ति र संस्थाले दुःख बिसाउदा रित्तो हात कहिल्यै र कसैलाई फर्काइन । आज सम्म पार्टीकै हित र आम पर्वतबासीको पीडामा चिन्तित हुने मलाई जुन किसिमले अहिलेको पार्टी नेतृत्वले हर्कत गरेको छ, त्यसले समग्र पर्वतबासीलाई अपमान गरेको मैलै महसुस गरेको छु । म ०७८ सालको नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा सभापति पदको उम्मेदवार थिए । प्राविधिक कारणले झिनो मतले म उपबिजेता बने । यो कुनै फरक बिचार बोक्नेसंगको प्रतिष्पर्धा होइन, यो त केवल नेपाली काँग्रेसको आन्तरिक निर्वाचनको प्रतिष्पर्धा हो । तर म निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा अहिले मलाई बिपक्षी पार्टीभन्दा फरक किसिमले जुन ब्यवहार गरिएको छ, यसले समग्र नेपाली काँग्रेस पर्वतलाई समाप्त पार्ने, ध्वस्त पार्ने कुटिल मनसाय जिल्ला नेतृत्वमा देखा परेको महसुस गरेको छु । हरेक प्रतिष्पर्धीलाई सोही समितिमा राखेर न्यायोचित ब्यवहार गर्ने, सल्लाह, सुझाव ग्रहण गर्ने, उसका बिचारमा पनि सुन्ने नेपाली काँग्रेसको बिधान र काँग्रेसको मुल्यमान्यता हो । तर, अहिले पर्वतमा म निर्वाचनमा प्रतिष्र्धा गरेकै आधारमा भूमिका बिहिन गराउने, मेरो पदमाथि धावा बोल्ने, अपमान गर्ने, म भन्दा तलका पद भएकालाई भूमिका दिने तर औपचारिक मञ्चमा समेत बेवास्ता गर्ने जुन कुनियत युवराज जोशीले गरेका छन, त्यसको नतिजा निकट भविष्यमै प्रकट हुने निश्चित छ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको सभापति पदमा अर्जुनप्रसाद जोशीले प्रतिष्पर्धा गर्नुभयो, उहाँ उपबिजेता बन्नुभयो । त्यो बन्दैगर्दा सभापति शुक्रराज शर्माले अहिले पनि अर्जुनप्रसाद जोशीलाई पदीयमर्यादामा राख्ने काम गर्नुभएको छ । म जिल्ला सभापतिमा झिनो मतले उपबिजेता भएपनि मेरो मात्र नभई मैले प्राप्त गरेको चार सय ५९ जना मतदाताको भावनाको कदर गर्न सक्नुपथ्र्यो तर जिल्ला सभापति युवराज जोशीले पेलेरै जाने नियत राख्नुभएको छ, यसले दुर्भाग्य निम्त्याउने निश्चित नै छ । पार्टी संस्था हो । संस्थामा एउटा ब्यक्ति नेतृत्वमा पुग्छ तर त्यो संस्थागत पार्टी नेतृत्वको पेवा होइन । पार्टी ब्यक्तिको होइन । आज पर्वतमा नेपाली काँग्रेसलाई ब्यक्तिको पेवा बनाउन खोजिदैछ, त्यसले बिग्रह ल्याउछ । नेतृत्वको पार्टीमा बिग्रह ल्याउने नियत हो की मिलाएर पार्टीलाई एकढिक्का गराएर लैजाने नियत हो । स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेस पर्वतले आज पहिलो पटक मलाई पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रममा निमन्त्रणा गयो । म कुनैपनि आग्रह पूर्वाग्रह नराखी कार्यक्रममा सहभागी भए । तर म नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिको सदस्यलाई पालिका सभापति तल लगेर मर्यादा क्रममा राखियो । वडासभापतिसम्मलाई मन्तब्य राख्ने अवसर दिँदैगर्दा मलाई मञ्चमा आसनग्रहण गर्न समेत बोलाइएन । म तल्लो लेबलबाट आएको ब्यक्ति हो । मलाई कसैले मञ्च नदिँदैमा कुनै हिनताबोध छैन र म सकेसम्म मञ्चभन्दा तल नै बस्न मन पराउने ब्यक्ति पनि हो । तर परिस्थितिमा नियत खराब भएका ब्यक्तिको दादागिरीले गर्दा यति लामो समयसम्म पार्टीको हित, संगठन र एकतामा लागिरहँदा दुःख लाग्ने रहेछ । प्रतिष्पर्धी भएकै कारण किनारा लगाउने नियत राख्ने हो भने पार्टीको भविष्य कहाँ पुग्ला रु आज स्थानीय तहको निर्वाचनमा पर्वतका सभापतिजीले जुन मनोमानी र गठबन्धनको नाममा आफ्नै नेता कार्यकर्तालाई दबाउने काम गर्नुभयो यसले समग्र जिल्लाका काँग्रेसीजनको आत्मसम्मानमा चोट पुयाएको छ । वडा–वडामा काँग्रेसीहरु रोएर बस्नुपरेको छ । काँग्रेसजस्तो पार्टीमा पनि चित्त नबुझेको कुरा राख्न नपाउने, आन्तरिक प्रतिष्पर्धा गरेकै आधारमा गलत्याउन खोज्ने काम जसले गर्छ, त्यो काँग्रेस हुनैसक्दैन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’