अनेसंघ पर्वतले बुझायो ज्ञापन पत्र

पर्वत । महिलामाथि हुने सवै किसिमका महिला ंिहसा, विभेद, अन्याय, अत्याचारका घटना न्यूनिकरणका लागि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ पर्वतले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको हो । पछिल्लो समय बढ्दो महिला हिंसा, बलत्कार, हत्या जस्ता घटनाहरु बढ्दै गएको भन्दै दोषीलाई तत्काल कारबाहीको माग समेत गरिएको छ ।

 

बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता समेत भएको बेलामा अनेमसंघ पर्वतले पनि ज्ञापन पत्र बुझाएको हो ।

त्यसैगरी कथित सत्ता गठवन्धनको नाममा स्थानीय तहको निर्वाचनमा महिलाहरुलाई उम्मेदवार हुनवाट बञ्चित गरिएको र स्थानीय सरकारमा महिलाहरुको सहभागिता कम भएको भन्दै यसतर्फ समेत गम्भीर हुन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मुल्यबृद्धिले भान्सासम्म असर पुगेको र यसले गरिब, असहाय तथा विपन्न महिला तथा नागरिकहरुको लागि ठुलो समस्या परेको भन्दै तत्काल मुल्यबृद्धि फिर्ता लिन समेत माग गरिएको छ ।

अनेमसंघ जिल्ला अध्यक्ष हिरादेवी शर्माको नेतृत्वमा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापालाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा सहायक प्रजिअ थापाले उक्त ज्ञापन पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताउनुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’