राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्ने, निर्भिकताका साथ मताधिकार प्रयोग गर्न अनुरोध (भिडियो सहित)

पर्वत/
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि क केन्द्रबाट मतदान गर्ने भएका छन् । भोलि शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष तिमिल्सिनाले पशुपति माविबाट मतदान गर्ने मतदान अधिकृत दुर्गाप्रसाद शर्माले जानकारी दिए । अध्यक्ष तिमिल्सिना मताधिकार प्रयोग गर्नका लागि आजै गाउँ जाने तयारी रहेको प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।
अध्यक्ष तिमिल्सिना केही दिनदेखि गृह जिल्लामा नै रहेका छन् । विभिन्न सञ्चारमाध्यममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले मतदाता प्रभावित पार्न खोजेको खबर प्रकाशन तथा प्रसारण भएकोमा दुःख व्यक्त गर्दै सञ्चारकर्मीलाई तेस्रो आँखाले हेरेर मात्रै जुनसुकै विषयबस्तुको खबर सम्प्रेसण गर्न आग्रह गरे । आफु कुनै पनि मतदाता प्रभावित हुने गरी भेला, सभा, समारोह नगरेको र नियमित भेटघाटका क्रममा गृह जिल्ला आएको तिमिल्सिनाले प्रष्ट पारे । सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै तिमिल्सिनाले भने ‘के राष्ट्रिय सभाको अध्यक्ष आफ्नो गृह जिल्लामा आउनै नपाउने हो र ?’
तिमिल्सिनाले भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूणर् नेपालीलाई अनुरोध गर्दै निर्वाचन सफलताको शुभकामना व्यक्त गरे ।

‘के राष्ट्रिय सभाको अध्यक्ष आफ्नो गृह जिल्लामा आउनै नपाउने हो र ?’https://youtu.be/4XnwW9exdM0

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’