‘पर्वतको पैयुँमा एमाले उपाध्यक्षकी उमेदवार माथि गठबन्धनका कार्यकर्ताबाट दुब्र्यबहार’

पर्वत/पर्वतको पैंयु गाउँपालिकामा नेकपा(एमाले)बाट उपाध्यक्षकी उमेदवार यामकुमारी रानालाई गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार गरेका छन ।
उपाध्यक्ष रानाले आफुँ माथि गठबन्धनका कार्यकर्ताले मंगलबार दुब्र्यबहार गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालय पर्वतमा उजुरी दिएकी हुन ।
उपाध्यक्ष रानाले मंगलबार राती ९ बजे उपचारपछि घर फर्केका आफ्ना कान्छा ससुरा लिलबहादुर रानालाई भेट्न जाने क्रममा गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार गरि आफुँ संग भएका प्रचार सामाग्री र कागजपत्र समेत नियन्त्रणमा लिएको उजुरीमा उल्लेख गरेकी छन ।
उपाध्यक्षकी उमेदवार राना पैयुँ गाउँपालिका ३ बैथोक जाँदैथिइन । सोही क्रममा धरमपानी भन्ने ठाउँमा नेपाली कांग्रेसका वडा कमिटी सभापति रेशम रिजाल, माओबादी केन्द्र वडा कमिटी अध्यक्ष ओपी सेन, माओबादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उमेदवार दिलीप सेन लगायत २५ जना भन्दा बढीको समुहले बाटो छेकेर हातपात गरेको आरोप लगाएकी छन ।
नेकपा(एमाले) पर्वतले घटनाको निन्दा गरेको छ । एमाले पर्वतका अध्यक्षका राजुप्रसाद पौडेलले मौन अवधी शुरु नहुँदै बिरामी आफन्त भेट्न पुगेको बेला गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार र हातपात गरेर आफ्नो असली चरित्र प्रर्दशन गरेको बताउनुभयो । उहाँले निर्वाचनमा मौन अवधी शुरु हुनुपुर्व मत माग्न पाउने उमेदवारको न्युनतम मानवअधिकारको समेत उल्लंघन गरेका छन भन्नुभयो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले घटनाका बारेमा इलाका प्रहरी कार्यालय हुवासले अनुसन्धान गरिरहेको बताउँदै जिल्लाभर सुरक्षा ब्यबस्थामा कुनै कमि नरहेको र मतदाता तथा उमेदवारको सुरक्षाका बारेमा चिन्ता नगर्न आग्रह पनि गर्नुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’