कम्युनिष्ट आन्दोलन र समाज परिर्वतनका एउटा ज्युँदो इतिहाँस गणेश -तेस्रो पटक जीतको खोजीमा

पर्वत । जिल्लामा कम्युनिष्ट पाटीका संस्थापक नेता गणेश शर्मा पौडेल अहिले चुनावी मैदानमा छन् । कुश्मा नगरपालिकाको नगर प्रमुख पदमा उमेदवारी दिएका शर्मा तेस्रो पटक चुनावी मैदानमा होमिएका हुन् ।

शिक्षण पेशामा ३२ बर्ष विताएका शर्मा तेस्रो पटक बाम दलहरुको समेत सहभागीतमा बनेको गठबन्धनको विरुद्धमा एक्लै चुनावी मैदानमा छन् । उनैले स्थापना गरेको कम्युनिष्ट पाटीका नेता कार्यकर्ताहरु गठबन्धनको नाउँमा नेपाली कांग्र्रेससंग समीकरण गरिहेको बेला ७ दशक उमेर पुगेका शर्मा एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनका रोचक अनूभव संगालेका शर्मा पर्वत जिल्लाका संस्थापक कम्युनिष्टहरु ५ जना मध्येका एक जना पात्र हुन् । उनी विद्यालयमा शिक्षण पेशामा सग्लन्न हुँदै गर्दा देखि नै पंचायत विरुद्धको आन्दोलनमा शसक्त रुपमा स्थापीत भए । वर्गिय मुक्तिका लागि भन्दै दलित र गैर दलित वीचको खाडल अन्त्य गर्न उनले सामाजिक परिर्वतनकोे शुरुवात गरे ।

२०३६ सालमा पूर्वोत्तर एरिया कमिटि पर्वतको संस्थापक सदस्य बनेका शर्मा २०५४ सालमा नेकपा एमालेको अञ्चल कमिटि सदस्य बनेका थिए । शिक्षण पेशामा रहँदा उनले शिक्षक संगठनको नेतृत्व सम्हालेका शर्मा नेकपा एमालेको विभाजन पछि बनेको मालेबाट २०५६ सालको आम निर्वाचनमा उनी तत्कालीन प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन लडे । पहिलो पटकको पराजयलाई पुनः जितमा बदल्ने तागदका साथ २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उमेदवार बने ।

दोस्रो पटकको निर्वाचनमा समेत असफलता प्राप्त गरेका शर्मा २०७२, २०७४ सालका स्थानीय, संघ र प्रदेशका निर्वाचनमा उमेदवार बनेनन् । यस पटक उनी नगरप्रमुखको पदमा उमेदवार बनेका छन् । एमाले भित्र सर्वसहमत नेताको रुपमा स्थापीत शर्मा कम्युनिष्ट पाटीको संस्थापक हुन् तर कम्युनिष्ट पाटीहरु अहिले शर्मा विपरितको समूहमा उनी विरुद्धको मोर्चामा छन् । निर्वाचनका धेरै घुम्तिहरु बेहोरेका शर्माले कुश्मा नगरपालिकालाई नयाँ उर्जा थप्नका लागि आफू उमेदवार बनेको बताउँछन् ।

शर्मासंग चुनावी मैदानमा नेपाली कांग्रेसका लोकप्रिय नेता रामचन्द्र जोशी छन् । उनी नगरपालिकाका संस्थापक नगरप्रमुख हुन् । जोशी दोस्रो पटक जोशी चुनावी मैदानमा छन् ।

जोशी र शर्मा वीचको चुनावी प्रतिस्पर्धालाई रोमाञ्चक मानिएको छ । कम्युनिष्ट कार्यकर्ताहरुको मत गठबन्धन भए पनि शर्मालाई आउने एका तर्फ अनुमान गरिएको छ भने अर्को तर्फ गठबन्धनको कुल मत नै बढि भएका कारण जोशीको जीतलाई आधार मानिएको छ ।

शर्मा कुश्मा नगरपालिका १० पिपलटारीका बासिन्दा हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’