यस्ता छन कुस्मा नगरपालिका १४ आर्थर डाडाखर्कका लागि नेकपा (एमाले) का प्रतिवद्धताहरु

पर्वत/कपा एमाले कुश्मा नगरपालिका १४ आर्थर डाडाँखर्कमा नेकपा(एमाले)ले घरदैलो तथा चुनाब प्रचारलाई तीब्र बनाएको छ । एमालेको उमेदवार छनौटमा असन्तुष्टिहरु समेत सम्बोधन भएपछि एक ढिक्का भएर एमाले चुनाबी प्रचारलाई तीब्र बनाएका छन । कुस्मा नगरपालिकाका मेयर पदका उमेदवार गणेश शर्मा पौडेल तथा उपमेयरका उमेदवार स्वस्थानी रिजालको उपस्थितिमा भब्य कार्यक्रम समेत सम्पन्न गरेका भएका छन । एमालेले दोबिल्ला आर्थर पकुवा सडक तथा फुलबारी आर्थर सडक कालोपत्रे गर्ने मुख्य सडक योजना बनाएर एमाले चुनाबी मैदानमा उत्रिएका छन । कुवाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पौडेलले मतदाताको हातहातमा साथै सामाजीक सञ्जालबाट समेत कुश्मा नगरपालिका १२ को प्रतिबद्धता सार्वजनिक समेत गरेका छन् ।

वडा नं. १४ को समृद्धिका लागि नेकपा (एमाले) का प्रतिवद्धताहरु ः

१. भौतिक पूर्वाधार ः
१.१ गुफाँडाडामा वडा कार्यालय भवन निर्माण गरिनेछ ।
१.२ वडालाई कुस्मा नगरपालिको केन्द्र कुस्माबजार संग जोड्ने दोबिल्ला–पकुवा–गगटे–आर्थर–काहुले सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआपी) दोस्रो चरणका लागि छनौट भई े डिपिआर तयार भैसकेको हुँदा यसलाई कालोपत्रे गरिनेछ ।
१.३ वडाको सबैभन्दा बढी सवारीको चाप हुने फुलबारी–आर्थर सडक कालोपत्रे गरिनेछ । साथै बैडा –बगालथोक–काहुले भञ्याङ्ग सडक पनि स्तरोउन्नती गरिनेछ ।
१.४ ठुलीपोखरी –नेटा– आर्थर–भञ्याङ्ग सडक तथा खौला–अधेँरीनेटा सडक पनि कालोपत्रे गरिनेछ । अधेरीँनेटा – बाहुनकाउले–खाल्टा– माझकटेरा सडकको ट्रयाक खोलेर स्तरउन्नती गरिनेछ ।
१.५ बस्तीस्तरका पोखरी चौर बगड्गाउँ, पोखरी चौर साहीस्वारा, डाडाँखकै बिद्यालय देखि भैयाउनी रहाले सडकको ट्रयाक खोलेर स्तरउन्नती गरिने छ ।
१.६ मुख्य सडक र बस्तीहरुमा सडक बत्तीको ब्यबस्था गरिनेछ ।
१.७ थोपा सिंचाई तथा साना सिचाईलाई थप ब्यवस्थित गरिनेछ । त्यसैगरी प्लाष्टिक पोखरीको विभिन्न ठाउँमा ब्यवस्थापन गरी सहजरुपमा सिंचाईको ब्यवस्था मिलाईनेछ । टुनीखोला, ओकादीखोला, सरादीखोला, गुर्सुखोला तथा जहरेखोलाबाट सिंचाई योजनाहरुको संभाब्यता अध्ययन गरि साना सिंचाई कार्यक्रममा समावेश गरिने छ । पुरानो कुलोहरुलाई मर्मत गरि सिंचाईको सुबिधा पु¥याउन पहल गरिनेछ ।
१.८ सडक सम्भव नभएमा पैदल मार्गलाई ब्यवस्थित गरिनेछ ।
१.९ बिद्यालयहरुको भवन तथा भौतिक सुधार गरिने छ । तारबार बाँकी रहेका सबै बिद्यालयमा यो अबधीमा तारबार गरि बिद्यार्थीले ढृक्कले अध्ययन गर्ने वातावरण बनाईने छ ।
१.१० वडाका एक घर एक धारा पानीको सुबिधा नपुगेका बस्ती र घरमा खानेपानी सुबिधा पु¥याईने छ साथै निर्माण सकिएका योजनाहरुको नियमति मर्मतका लागि मर्मत कोषको ब्यबस्था गरिनेछ ।

२. सामाजिक विकास ः
२.१ वडाको कम्तीमा एक स्थानमा जेष्ठ नागरिक दिवा सेवा संचालनमा ल्याइनेछ । जसका लागि भवन र दिवा खाजाको ब्यबस्था गरिनेछ ।
२.२ विपन्न वर्ग, विपद्, महामारी आदिलाई मध्यनजर गरी खाद्य बैंक र कपडा बैंक स्थापना तथा संचालन गरिनेछ ।
२.३ प्रत्येक टोल तथा बस्तीमा जनचेतना, स्वास्थ्य सचेतना, आयआर्जन, प्रविधि शिक्षा, खुसी जीवन शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाईका शिक्षा सम्बन्धी कार्यहरु, सूचना, जानकारी, विकास र समृद्धिका लागि नियमित रुपमा टोल शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
२.४ सबै बिद्यालयमा वालउद्यान निर्माणका लागि प्रयास गरिनेछ ।
२.५ खानेपानी तथा विजुली जडान गर्न नसकेका वडाका अति विपन्न नागरिकलाई निशुल्क पानी र विजुली जडानको ब्यवस्था गरिनेछ ।
२.६ फरक क्षमता भएका ब्यक्तिहरुलाई सम्मान तथा विशेष सुविधाको कार्यक्रम ल्याईनेछ ।
३ कृषि तथा उद्यमशिलता
३.१ कृषि उत्पादन बढाउन सहकारी मार्फत बाँझो जमिनमा जटिबुटी, फलफुल खेती तथा बेमौसमी तरकारी खेती र अकबरे खुर्सानी खेतीको पकेट क्षेत्र बनाउन पहल गरिने छ । साथै उत्पादन, उद्योग, बजारीकरण, पर्यटन आदि क्षेत्रमा जोड दिँदै सहकारी, होमस्टे, कृषक समूह आदि मार्फत महिला र युवाहरुलाई नमूना उद्यमी बनाइनेछ ।
३.२ कृषिलाई ब्यबसायिकरण गर्न एक घर एक टनेल, एक टोल एक कुटानीपिसानी मिल तथा बस्ती एक हाते ट्याक्टरको ब्यबस्था गरिनेछ । साथै उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम, व्यक्तित्व, नेतृत्व क्षमता विकास तालिम, उद्यमशिलता विकास तालिम निरन्तर रुपमा संचालन गरिनेछ ।
३.३ ढुंगा कटिङ उद्योग, फर्निचर उद्योगलाई अनुदान दिने तथा कुटानीपिसानी र आधुनिक कृषिका लागि पावर टेलर जस्ता आधुनिक कृषि यन्त्रहरु सबै बस्तीस्तरमा बितरण गरिने छ ।
३.६ सुन्दर घर, वगैंचा प्रतियोगिता कार्यक्रम संचालन गरिनेछ ।
३.७ खुल्ला चरिचरण रोकेर कृषि उत्पादनलाई प्राथमिकता दिइने छ ।
३.८ वडाको कृषि प्रोफाइल निर्माण गरिनेछ ।
३.९ उद्यमशिलता तालिम दिई कम्तिमा एक सय जना बेरोजगार युवाहरुलाई कम्तिमा रु ५० हजार विउँ पुँजी तथा विभिन्न अनुदानका कार्यक्रमहरु उपलब्ध गराई स्वरोजगार बनाईनेछ ।

४. पर्यटन विकास ः
४.१ पञ्चासेको पर्यटन बिकासका लागि पदयात्रा मार्ग, बिश्रामस्थल र बाँकी रहेको क्षेत्रमा पञ्चासे पुग्ने पदयात्रा मार्ग बनाईने छ ।
४.२ होमस्टेमा घर संख्या थप्ने तथा होमस्टेका लागि आवश्यक पर्ने अन्य पुर्वाधार, मुल्यमा एकरुपता कायम गरि पोखरा र कुस्माबाट नजिक रहेको हुनाले तालिम, गोष्ठी, भ्रमण गर्ने उपयुक्त थलोको रुपमा बिकास गरिनेछ । त्यसका लागि समाजघर, स्वागतका लागि पञ्चेबाजा तथा स्थानिय गुरुङ्ग, बाह्रमण संस्कृतिको संरक्षण गरिनेछ ।
४.३ पञ्चासे सिद्धबाबा मन्दिर, राधाकृष्ण सुदामा मन्दिर, नेपालकै पुरानो मध्ये एक डाडँखर्कमा रहेको सङनाङ दोर्जे छोलिङ गुम्बा तथा साहीस्वारामा रहेको बौद्धबिहार हरुमा धर्मशाला, शौचालय, खानेपानी, तारबार सहित थप भौतिक पुर्वाधार तथा सौन्दर्यकरण गर्दै पुजाआजालाई ब्यबस्थित बनाउने प्रयास गरिने छ । त्यसका लागि पञ्चासे क्षेत्र बिकास समिति र अन्य निकाय संग सहकार्य गरिनेछ । अन्य ठाउँमा रहेका शिबालय, देबालयहरुको पनि संरक्षण गरिनेछ ।
४.४ कुवाचौरको डाडाँमा रहेको वनभोज स्थलमा थप पुर्वाधार निर्माण गरि नगरपालिका भित्रकै उत्कृष्ट बनभोजस्थलको रुपमा बिकास गरिनेछ । त्यस ठाउँमा सेल्फी प्वाईन्ट , फुलहरुको बृक्षारोपण गर्दै आकर्षक रुपमा सजाईने छ भने काहुले, बडगाउँ, आर्थर पोखरी चौर, डाडाँँखर्कमा पनि आन्तरिक पर्यटकलार्य लक्षित गरि साना खालका होटल तथा टेण्ट सहितको रिर्सोट सञ्चालनका लागि स्थानिय युवाहरुलाई प्रोत्साहित गरिने छ ।
४.५ कुवाचौर डाडाँदेखि भञ्याङ्ग हुँदै पञ्चासे फेरोमा सहासिक बाईक राइडिङ स्थलको रुपमा बिकास गरिनेछ । जसले गर्दा बिश्वका बाईक राईडरहरु वडा सम्म आउँने र आर्थिक तथा पर्यटकीय हबको रुपमा बिकास गर्न इच्छुक कम्पनी तथा स्थानिय युवाहरुलाई प्रोत्साहित गरिनेछ ।
५. संस्थागत विकास ः
५.१ वडा तथा नगरको पोर्टललाई प्रभावकारी बनाई वडाका प्रत्येक घरको घर नं. सहितको सम्पूर्ण विवरण भएको फाइल तयार गरिनेछ ।
५.२ पालिका भित्र रहेका सञ्चारकर्मीहरुको सबलीकरणमा सहयोग गरिनेछ ।

६. वन, वातावरण तथा विपद ः
६.१ वडाभित्रका विभिन्न स्थानमा वर्षायाममा आउने भलबाढी समस्याको दीगो व्यवस्थापन गरिनेछ ।
६.२ स्थानीय र पाहुना चरा संरक्षणको लागि चराचरन क्षेत्रको व्यवस्था गरिनेछ ।
६.३ वडाका सबै टोलमा रहेका चौतारीको संरक्षण गरिनेछ ।
६.४ जलाधार क्षेत्रको रुपमा रहेको पञ्चासे तथा हरेक बस्तीका पोखरीहरुको संरक्षण गर्दै नयाँ संरक्षण पोखरीहरु निर्माण गरिनेछ ।

७. स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद ः

७.१ सार्वजनिक शिक्षामा आवश्यक लगानी गरी वीज्ञहरुको सहभागितामा नगरबाटै विशेष योजना बनाई प्रविधिमैत्री, व्यावसायिक, उत्पादनमुखी शिक्षा वालवालिकाहरुलाई दिने अवस्थाको सृजना गरी शिक्षाक्षेत्रमा व्यापक सुधार ल्याइनेछ ।
७.२ सबै बिद्यालयको प्राथमिक तहमा अंग्रेजी माध्यममा मन्टेश्वरी बिधीमा अध्ययन अध्यापनको ब्यबस्था मिलाइने छ भने बाल बिकास केन्द्रलाई ब्यबस्थित बनाई गाउँका बिद्यार्थी शहर जाने वातावरणको अन्त्य गरिनेछ । वडामा रहेका खेलमैदानहरुमा प्याराफिट, मञ्च, छेकवार (अग्लो जाली), सार्वजनिक शौचालय लगायतले थप व्यवस्थित गरिनेछ ।
७.३ वडाका सबै टोलमा भलिवल खेल खेल्नका लागि दीगो व्यवस्थापन गरिनेछ ।
७.४ स्वास्थ्य विमा सम्बन्धी सचेतना कार्यक्रम संचालन गरी वडाका सबै नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा समावेश गर्दै, निम्न आय र विपन्न वर्गका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिनेछ ।
७.६ कमजोर आर्थिक अवस्था भएका वडाका दीर्घरोगी र अपांगहरुका लागि निःशुल्क औषधिको व्यवस्था गरिनेछ ।
७.७ शिक्षाका पहूँच नभएका सवै विपनन वर्गका बालबालिकाहरुलाई कम्तिमा माध्यमिक शिक्षाको लागि अभिभावकत्व ग्रहण गरिनेछ ।

८. कला, संस्कृति एवं संगीत ः
८.१ वडामा परम्परागत सोरठी, वाद्यवादन, पन्चेबाजा समूह, भजन समूह, रत्यौली समूह, दोहोरी गीत समूह आदि बनाई व्यवसायिक रुपमा विकास गर्न संगीत तालिम र न्यूनतम् रुपका संगीत सामग्री समेतको व्यवस्था गरी वडा कला केन्द्र स्थापना गरिनेछ ।

 

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’