कुश्मा ११ पकुवामा एमाले उम्मेदवारका यस्ता छन प्रतिबद्धता

पर्वत/नेकपा एमाले कुश्मा नगरपालिका ११ पकुवाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदाताहरूलाई कुश्मा ११ पकुवाका वडा अध्यक्षका उम्मेदवार बाबुराम पौडेलले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पौडेलले मतदाताको हातहातमा साथै सामाजीक सञ्जालबाट समेत कुश्मा नगरपालिका ११ को प्रतिबद्धता सार्वजनिक समेत गरेका छन् ।
हेरौ सार्वजनिक प्रतिबद्धतामा के के छन् ।
आदरणीय वार्डवासी आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अभिवादनका साथै नयाँ बर्ष २०७९ सालको मंगलमय शुभकामना व्यक्त गर्दछौं । यही २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका वडा नं. ११ नेकपा एमालेको तर्फवाट हामीहरुले उम्मेदवारी दिएको कुरा अवगत गराउन चाहन्छौं । हामीले अघिल्लो कार्यकालमा गरेका बिकास निर्माण तथा उपलब्धीहरुवाट वार्डवासीहरु कत्तिको लाभान्वीत भए भन्ने कुराको समिक्षा गर्दै निर्माणधिन तथा अधुरा योजना तथा कार्यक्रम लाई पुरा गर्नुको साथै वार्डको सम्बृद्धि तथा वार्डवासीको सुबिधाको लागि थप कार्यक्रम संचालन गर्दै बिभिन्न निकायहरुको समन्वयमा नमूना वार्ड निर्माण गर्नको लागि प्रतिबद्धता सहित उम्मेदवारी दिएका छौं । हामिले अघिल्ला ५ बर्षमा गरेका कार्यहरुको समिक्षा र मूल्याङकन गर्दै आगामी ५ बर्षको लागि पेश गरिएका प्रतिबद्धतालाई आधार मानेर यो बर्ष पनि हाम्रो सम्पूर्ण टिमलाई बुहमतले बिजयी गराई सम्बृद्ध गाउँको साथै नमूना वार्डको अभियानलाई साथ र सहयोग पुर्याइदिनुहुन अपिल गर्दछौं । हामीले आगामी ५ बर्षमा गर्ने कामहरूको प्रतिबद्दताहरुः

क. सडक र पुल तर्फः
१. दोवील्ला, पकुवा, गँगटे, आर्थर डाँडाखर्क मोटरवाटो कालोपत्रे गर्ने ।
२. पकुवा, छाप मोटरवाटो कालोपत्रे गर्ने ।
३. अम्वोट, गँगटे मोटरवाटो वाटो कालोपत्रे गर्ने ।
४. रत्नचोक, मथेखोला, घुस्तुङ मोटरवाटो कालोपत्रे गर्ने ।
५. रातामाटा, चाल्से मोटरवाटोलाई स्तरउन्नती गर्ने ।
६. वार्ड भित्रका सबै सडकहरु व्यवस्थित बनाई सबै समय गाडी चल्लसक्ने बनाउने ।
७ .बिरुवा, पिपलटारी मोटरवाटो निर्माण गरी जहरेखोला माथी मोटरेवल पूल निर्माण गर्ने ।
८. लौसीवोट, छोरखेत हुँदै आउने वाटोलाई बिरुवा, पीपलटारी सडकमा जोडेर पकुवा जोड्ने र व्यवस्थीत गराउने ।
९. गँगटे पुल, शेरा, रानीस्वाँरा गोरेटो वाटोलाई पूर्ण व्यवस्थित गर्ने ।
१०. वाटो नपुगेको टोलमा नयाँ ट्रयाक खोली व्यवस्थीत बनाउने । सिल्मी गैराधर, तथा दलित बस्ती बाटो ब्यबस्थित बनाउने ।
११. चण्डीको थान देखी झपुल्लो चौपारि सम्म पक्की गोरेटो बाटो निर्माण गर्ने र आवश्यकता अनुसार अन्य सबै ठाउँमा निर्माणको लागि पहल गर्ने ।
१२. सिल्मी पकुवा जोड्ने झोलुङ्गे पुल निर्माण गरि आवत जावत सहज बनाउने ।

ख. पशुपंक्षि पालन तर्फः
१.दुग्धजन्य उत्पादनलाई प्रोत्साहन गर्नको लागि व्यवसायीक गाई भैसी पालनको कार्यक्रम साथै गँगटेमा दुग्ध डेरी संचालन गरी उत्पादीत दुधको आधारमा बोनस दिने व्यवस्था गर्ने ।
२. नियमित रुपमा २ बटा भन्दा बढी माउ गाई भैसी पालन गर्नेलाई भकारो सुधारको लागि अनुदान उपलब्ध गराउने ।
३. पाँच बटा भन्दा बढी गाई भैसी पाल्ने कृषकको लागि निःशुल्क पशुबिमा गराईदिने ।
४. दशवटा भन्दा बढी गाई भैसी पालन गर्ने फर्ममा प्राङगारीक मल प्लान्टको लागि पहल गर्ने ।
५. नियमित रुपमा ५ बटा भन्दा बढी माउ वाख्रा पालन गर्ने फर्मलाई खोर निर्माणको लागि अनुदान उपलब्ध गराउने ।
६. दश वटा भन्दा बढी माउ बाख्रा पालन गर्ने कृषकको निःशुल्क पशु बिमा गरिदिने ।
७. बिस भन्दा बढी माउ वाख्रा पालन गर्ने फर्ममा प्राङगारिक मल प्लान्ट स्थापना गर्नुको साथै उन्नत जातको बोका उपलब्ध गराईदिने ।
८. एक सय भन्दा बढी कुखुरा पालन गर्ने फर्मलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउने ।
९. पाँच सय भन्दा बढी कुखुरा पालन गर्ने कृषकको कुखुराको बिमा निःशुल्क गर्ने ।

ग. कृषि तर्फः
१. खेतीयोग्य बाँझो जमिनलाई उत्पादनमूलक बनाउन बिशेष कार्यक्रम संचालन गर्नुको साथै आवाश्यक पर्ने ट्याक्टर, मल, बिउ लगायत सामाग्री अनुदानमा उपलब्ध गराउनुको साथै सामुहिक खेती प्रणालीमा जोड दिने ।
२. कृषि उपकरण बिग्रीएर हुने समस्यालाई मध्यनजर गर्दै स्थानीयहरूलाई मर्मत सम्बन्धी तालिमको ब्यबस्था गर्ने ।
३. साँगुरा गह्राहरुलाई चक्लावन्दी गरी खाद्यान्न उत्पादनमा बृद्धि गराउने ।
४. एक घर एक टनेलको अवधारणालाई पूर्ण बनाउँदै तरकारीमा गाउँलाई आत्म निर्भर बनाउने ।
५. ‘एक घर कम्तीमा १० वोट फलफूल’ कार्यक्रम संचालन गर्नको लागि वार्ड भित्रै गुणस्तरिय मौषमी तथा बेमैषमी फलफूल नर्सरी स्थापना गर्ने ।
६. कुश्मा नगारपालिका ११, १२, १३, १४ र मोदी गाउँपालिका ७ लाई लक्षित कृषि उत्पादन भण्डारनको लागि गरी गँगटेमा चिस्यान केन्द्र स्थापना गर्न पहल गर्ने ।
७. मुल्य नपाउने तथा खेर जाने तरकारीलाई प्रशोधन गर्नको लागि उद्योग संचालन गर्ने ।
८. प्राङगारिक कृषि प्रबिधिको बिकास गरि अर्गानीक उत्पादनमा जोड दिने ।
९. व्यवसायीक माहुरी पालन कार्यक्रम संचालन गर्दै पुष्परस प्राप्त हुने बोट बिरुवा रोपण अभियान संचालन गर्ने ।
१०. व्यवसायीक माछा पालनको लागि बिशेष कार्यक्रम संचालन गर्ने । ५ बर्षको अवधिमा कम्तीमा १०० रोपनीमा पोखरी निर्माण गरि माछा पालन गर्ने।

घ. उद्यमशिलता तर्फः
१. बिदेशीएका युवा समेतलाई स्थानीयस्तरमा स्वरोजगार सृजना गर्नको लागि उद्यमशिलता तालिम संचालन गरि एक घर एक उद्यम कार्यक्रम लागु गर्ने।
२. वास्तबिक उद्यमी पहिचान गरि प्रोत्सहन कार्यक्रम संचालन गरी ५ बर्ष भित्र कम्तीमा १ सय उद्यमी तयार पार्ने ।
३. सहकारी मार्फत उत्पादीत कृषि वस्तु तथा पशु पंक्षिहरुको बजारीकरण गराउने ।
४. उत्कृष्ठ उद्यमी छनौट गरी बार्षिक ५ जना लाई सम्मान तथा पुरस्कृत गर्ने ।
५. होमस्टेलाई प्रबद्र्धन गर्नको लागि थप कार्यक्रम संचालन गर्ने ।
६. मानडाँडा, रानिश्वाँरा, सुन्टारि, लामाके र छापमा रहेको दलित बस्तिलाई लक्षित गरी बिभिन्न सिपमूलक तथा आय आर्जनमूलक तालिमको ब्यबस्था गर्ने साथै उद्यमशिल बनाउन सहयोग गर्ने ।

ङ. शिक्षा तर्फः
१.विरेन्द्र मावि र विश्वज्योती माविमा संचालित प्राविधिक शिक्षालाई व्यवस्थीत बनाउने र आवासीय रुपमा संचालन गर्ने ।
२. वार्ड भित्रका सरकारी बिद्यालयलाई स्तरनोन्नती गरी गुणस्तरिय शिक्षा तथा सुबिधासम्पन्न बिद्यालयको रुपमा बिकास गर्ने र बिद्यार्थिलाई आकर्षित गर्न बिशेष कार्यक्रम संचालन गर्ने ।
३. बिद्यार्थी तथा शिक्षकहरुको नेतृत्व तथा व्यक्तित्व बिकासको लागि थप कार्यक्रम संचालन गर्ने ।
४. वार्ड भित्रका बिद्यालयहरुलाई बाहिरी जिल्लाका बिद्यालयहरु सँग मितेरी सम्वन्ध कायम गराई बिद्यार्थीहरुलाई ज्ञान तथा अनुभव आदान प्रदान गराउने ।
५. सामुदायिक बिद्यालयमा उत्कृष्ठ नतिजा हासिल गर्ने बिद्यार्थिहरुलाई पुरस्कार एवम् सम्मान गर्ने ।

च. स्वास्थ्य तर्फः
१. पकुवामा स्वास्थ्य चौकीको नया पक्की भवन निर्माण गरी सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने ।
२. शहरि स्वास्थ्य केन्द्र सिल्मीको लागी जग्गा ब्यबस्थापन गरी नयाँ पक्की भवन निर्माण र सेवा सुचारु गर्ने ।
३. वार्डवासीको स्वास्थ्यलाई ख्याल राख्दै बिभिन्न संघसंस्थाहरु सँग समन्वय गरी समय समयमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने ।
४. महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि प्रोत्साहन कार्यक्रम संचालन गर्ने ।
५. वार्ड भित्र एम्वुलेन्स सेवा संचालन गरी निःशुल्क सेवा प्रदान गर्ने ।

छ. बिजुली बत्ती तर्फः
१. सडक सोलार बत्तिहरुको व्यवस्था गर्ने ।
३. खाली पोलहरुमा बिजूलीको तार तान्ने र कमजोर पोलहरु फेर्ने ।
४. आवश्यकता हेरेर माग अनुसार थ्री फेज लाईन बिस्तार गर्ने ।
५. उद्योग संचालन गर्न चाहने ब्यबसायीहरूलाई बिधुत जडानमा सहूलियत प्रदान गर्ने ।

ज. खानेपानी÷सिंचाई तर्फः
१. एक घर एक धारा कार्यक्रम सम्पन्न गरि चौविसै घण्टा पानी आउने गरी व्यवस्थापन गर्ने ।
२. जहरे खोला लिफ्ट सिँचाई लाई ब्यबस्थित गरी रानिस्वाँरामा सिंचाई पोखरी निर्माण गरी सिल्मीको सबै फाँटमा सिंचाई सुबिधा उपलब्ध गराउने ।
३. सिस्नेघारी खानेपानी योजना संचालन गरि सबै घरमा पिउने पानी उपलब्ध गराउने ।
४. ठाँटी देखी छाप हुँदै आउने सडकको पानी पूर्ण व्यवस्थीत गरी कटान तथा भू–क्षयलाई रोक्दै जहरे खोला सम्म पू¥र्याउने ।

झ. पर्यटन बिकास तथा सम्पदा संरक्षणः
१. सिल्मी र पकुवा दुवैतिर १÷१ वटा व्यवस्थीत पार्क निर्माण गर्ने ।
२. प्राचिन इनार, कुवा र ढुङ्गेधाराको साथै मठ, मन्दीर, चौतारी, पोखरी लाई संरक्षण तथा र पुनःनिर्माण गर्ने ।
३. प्रत्येक भ्यूप्वाइन्टहरुमा पौराणीक डिजाईनका कलात्मक चैतारी निर्माण गरि वर, पिपल र समी रोपण गर्ने अभियान संचालन गर्ने ।

ञ. खेलकूद तर्फ
१. स्वास्थ्यको लागी खेलकूद भन्ने नारालाई आत्मसाथ गर्दै छाप, पकुवा, गगटे, शेरा सुन्टारी र सिल्मीमा रहेका खेल मैदानलाई थप ब्यबस्थित बनाउने र खेल गतिविधि संचालन गर्ने ।
२. बार्षिक रुपमा वार्ड अध्यक्ष कप महिला र पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने ।
३. सिल्मी र पकुवाका माविका बिद्यार्थी र वार्डका युवाहरु समेतलाई मध्यनजर गर्दै मार्सलआर्ट सम्वन्धी खेल संचालन गर्ने ।

ट. वातावरण संरक्षणः
१. वार्डलाई सुन्दर र नमूना गाउँ बनाउनको लागि ग्रिन, क्लीन अभियान संचालन गर्ने ।
२. युवा क्लव तथा आमा समुहको साथै बिद्यार्थीहरुको सहभागितामा ६÷६ महिनामा बिशेष कार्यक्रम संचालन गर्ने ।
३. सडकको दुवैतिर अक्सीजन दिने खालका आकर्षक रुख बिरुवा र फूलहरु रोपण गर्ने ।

ठ. अन्य
१. भुगोलको अवस्थालाई ख्याल गरी बिभिन्न कार्यक्रम संचालन गर्न मिल्ने सुबिधा सम्पन्न सभा हल सहितको वार्ड कार्यालय निर्माण गर्ने ।
२. बिद्यालय, वार्ड कार्यालय तथा वार्डका मुख्य चोक पहिचान गरी फ्री वाईफाईको व्यवस्थापन गर्ने ।
३. महिला मैत्री बाताबरण निर्माण र हरेक ठाउँमा महिलाको समान सहभागिताको लागी पहल गर्ने ।
४. युवा तथा महिलाहरुको नेतृत्व एवम् क्षमता बिकास गर्नको लागि बार्षिक रुपमा नेतृत्व बिकास कार्यक्रमहरु संचालन गर्ने ।
५. असी बर्ष नाघेका ज्येष्ठ नागरीकहरुलाई बार्षिक रुपमा सम्मान गर्ने ।

धन्यवाद ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’