घरवारबिहिन लाई आवासको व्यवस्था गर्ने एमाले विहादीको प्रतिबद्धता

पर्बत/ नेकपा एमालले विहादी गाउँपालिकामा आफुले निर्वाचन जिते अति विपन्न परिवारको पहिचान गरि नेपालीहरुको महत्वपुर्ण चाड बडादशैँ मान्न दशैँ खर्चको व्यवस्था गर्ने बताएको छ । एमाले विहादी गाउँपालिकाको पाँच बर्षे घोषणा पत्रमा प्रत्येक वडामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम समेत गर्ने उल्लेख छ । त्यस्तै आधुनिक प्रविधि सँग रमाउने बनाउन ७५ बर्ष पुगेका जेष्ठनागरिकहरुलाई एक मोबाईल फोन वितरण गर्ने समेत कार्यक्रम अगाडी सारेको छ । साना बालबालिकाहरुको लागि छुट्टै मन्टेश्वरी विद्यालयको व्यवस्था गर्ने देखि घरवारबिहीन दलित तथा गरिब परिवारलाई आवासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै फरक क्षमता भएका व्यक्ति प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन गरिने छ । शिक्षा, सीप विकास र रोजगारीबाट उनीहरूभित्रको विशेष क्षमतालाई उजागर गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।एमालेले विहादी गाउँपालिका अध्यक्षमा ओमप्रसाद कुँवर र उपाध्यक्षमा मिना शर्मा तिवारीलाई उठाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’