पाङ बासी भन्छन् – विकास र व्यवस्थापनका लागि एमालेलाई जिताउछौँ

पर्वत/ कुश्मा नगरपालिकाका मतदाताहरुले यो पटक नेकपा एमालेका उम्मेदवारहरु लाई भारी मतले जिताएर नेतृत्वमा पठाउने वचन दिएका छन् । आसन्न स्थानीय चुनाव लक्षित घरदैलोको क्रममा मतदाताको घर घरमा पुगेका उम्मेदवारहरुलाई नगरपालिका बासीले यस्तो वचन दिएका हुन् । घरदैलोको क्रममा एमालेका उम्मेदवार सहितको टोली मंगलबार नगरपालिकाको वडा नम्बर १ पाङ पुगेको थियो । सो स्थानका मतदाताले यो पटक कुनै पनि हालतमा एमालकै उम्मेदवारलाई जिताउने बताए । यस अगाडि नगरपालिका काँग्रेसले जितेकाले पनि नेतृत्व गुम्दा नगरपालिका पछाडि परेको अनुभव सुनाए ।

‘हामी नगरपालिका व्यवस्थापनसँग सन्तुष्ट छैनौँ ।’ स्थानीयहरुले भने–‘न हामीले चाहे जस्तो विकासका पुर्वाधार बन्न सके । न त उचित स्थानमा नगरपालिकाको बजेट विनियोजन नै हुन सक्यो ।’ स्थानियहरुले एमालेबाट घरदैलोमा गएका उम्मेदवारहरुलाई आफ्नो माग पत्र थम्याउँदै जित पछि विकास निर्माण र पर्यटकीय स्थल व्यवस्थापनमा विशेष ध्यान दिन उम्मदेवारहरु लाई आग्रह गरे ।

कुश्मा नगपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका गणेश पौडेलले जन अपेक्षाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए । उनले जनताको काम जनतासँगै मिलेर गर्ने आफ्नो कार्यशैली हुने बताए । शिव पार्वतीको जन्मभुमिको रुपमा परिचित पाङ सदरमुकामबाट नजिकै भएपनि बत्तिमुनीको अँध्यारो जस्तै हुँदै आएको र सडक पहुँचसँगै स्तरोन्नती र पर्यटकीय क्षेत्रको व्यवस्थापनमा आफूले विशेष ध्यानदिने उनले बताए ।

त्यस्तै उपप्रमुखमा उम्मेदवारी दिएकी स्बस्थानी रिजालले महिला सशक्तिकरणको क्षेत्रमा आफूले काम गर्ने बताईन् । उनले महिला स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने गरि आफूले संयन्त्र बनाउने प्रतिबद्धता जनाईन् । मतदाता संग मत माग्न आफ्नै जन्मस्थान पुगेकी रिजालले नगरको बिकास र पाङको परिचय बदल्नको लागि एक पटक नेकपा एमाललाई मतदान गरी जिताउन आग्रह गरीन् । एमालेका उम्मेदवारहरुले कुश्मा नगरपालिका वडा नम्बर १ पाङ को ततरकोट, सिधाली, नुहारा, तल्लो पाङ लगाएतका स्थानमा कोण सभा साथै मतदाताहरुलाई घरघरै पुगेर भेटेका छन् ।नेकपा एमाले कुश्मा १ पाङमा एमालेको तर्फबाट अध्यक्षमा राम प्रसाद रिजाल , खुल्ला महिला सदस्यमा कोमल गिता शाही, दलित महिला सदस्यमा बविता परियार, खुल्ला सदस्यमा बाबुराम रिजाल र खुल्ला सदस्यमा बिष्णु प्रसाद अर्याल उमेदवार रहेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’