पर्वतको फलामखानीमा चुनावी अभियान , विभिन्न पार्टी परित्याग गरि एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

पर्वत । चुनाव नजिकिदै जादा पर्वतको महाशिला गाउपालिका ६ फलामखानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावी प्रचार अभियान अन्तर्गत फलमखानीमा भएको कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले कांग्रेस तथा समाजवादी पार्टी परित्याग गरेर आउँनेलाई अविर खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्नेमा फलामखानीका तारा वि.क,खैसरा वि.क, खडका वि.क, ओम बहादुर वि.क, रामे वि.क, मन बहादुर वि.क र दिपक सुनार लगायतका नेता तथा कार्यकर्ता रहेका छन् । वर्तमान सरकारले जनताको मनोभावना अनुसार काम गर्न नसकेको उनीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा देश र जनताको लागि एमाले पार्टी नै ठिक रहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले अहिलेको सरकार काम चलाउँ र जालझेलको सरकार भएको बताउँदै यस सरकारबाट जनताले केही आसा गर्न नसकिने बताउँनुभयो । उहाँले एमालेको सरकार रहदा देशमा धेरै विकास भएकाले आसन्न स्थानिय तहको निर्वाचनमा महाशिला गाउँपालिकाको विकास र समृद्धिका लागि सुर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउँन आग्रह गर्नुभयो । उहाँले फमलमखानी पर्यटकीय हिसावले अत्यन्त सम्भावना बोकेको ठाउँ भएकाले आफ्नो टिमलाई निर्वाचित गराएमा फलमखानीलाई पर्यटकिय हव बनाउँने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेकपा एमाले महाशिला यतिबेला चुनाव प्रचारप्रसार अभियान अन्तर्गत घरदैलो कार्यक्रममा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’