एमाले विहादीको घोषणा पत्रः एम्वुलेन्समा सतप्रतिशत छुट, अतिविपन्नलाई उपाचारमा आर्थीक सहयोग

जेष्ठनागरिकको घरमै निशुल्क स्वास्थ्य सेवा, १५ सैयाको अस्पताल समयमै सम्पन्न गर्ने

निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले स्वास्थ्य सेवामा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ । अति विपन्न परिवारको पहिचान गरी त्यस्ता परीवारलाई एम्वुलेन्स सेवामा सतप्रतिशत छुटको व्यवस्था गर्ने तथा अति बिपन्न नागरिकलाई उपाचार गर्न आर्थीक सहयोग गर्ने घोषणा गरेको छ । स्वास्थ्य बिमामा ३० प्रतिशत रकम सहयोग गर्ने देखि वडा नं. २ बर्राचौरमा निर्माणाधिन १५ शैयाको अस्पताल भवन समय सम्पन्न गराई बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तो छ एमाले विहादीले गर्ने स्वास्थ्य, बीमा, निःशुल्क उपचार

१. स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाईने छ । गरिबीको रेखामुनि रहेका विहादीका नागरिकहरुलाई बीमा रकमको ३० प्रतिशत स्थानिय सरकारले भुक्तानी गरिदिने व्यवस्था मिलाईने छ ।
२. अति विपन्न परिवारको पहिचान गरी त्यस्ता परीवारलाई एम्वुलेन्स सेवामा सतप्रतिशत छुटको व्यवस्था मिलाईने छ भने सरकारी अस्पतालहरूमा नागरिकले तोकिएका रोगहरूको निःशुल्क उपचार प्राप्त गर्ने व्यवस्थामा सहजीकरण गरिनेछ ।
३. आर्थीक स्थिति कमजोर भएका परिवारका सदस्यहरुलाई जटिल रोग लागेमा आवश्यक व्यवस्था मिलाईने छ ।
४. स्वस्थ्य र सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाईने छ ।
५. आधुनिक शौचालय नभएका परिवारको पहिचान गरी आवश्यक व्यवस्था गरिने छ ।
६. प्रत्येक २÷२ महिनामा ज्येष्ठ नागरिकहरुलाई उनिहरुकै आवासमा गई स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने कार्य शुभारम्भ गरिने छ ।
७.पोषणयुक्त खानाको अभावमा आउन सक्ने जटिलतालाई कम गर्न पोषण कार्यक्रमलाई प्रभावकारी बनाईने छ ।
८. वडा नं. २ बर्राचौरमा निर्माणाधिन १५ शैयाको अस्पताल भवन समय सम्पन्न गराई बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा व्यवस्था मिलाईने छ । साथै पृथक तथा जटिल प्रकृतिको उपचार गराउन वालिङ्, पोखरा, बुटवल वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरि विशेषज्ञ सेवा सहितको १५ शैयाको अस्पतालमा सबै किसिमको स्वास्थ्य व्यवस्था मिलाईनेछ ।
९. प्रत्येक वडामा स्वास्थ्यचौकी सहित स्वास्थ्य ईकाईलाई थप व्यवस्थित गर्दै नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कसुर बाकीँ राखिने छैन् ।
१०. पालिका भित्रका सबै बर्थीङ सेन्टरलाई थप व्यवस्थित गराईनेछ ।
११. आधारभुत स्वास्थ्य उपचारका लागि भौगोलिक हिसाबले स्वास्थ्य चौकी भन्दा टाढा रहेका त्यस्ता स्थानहरुमा स्वास्थ्य ईकाई तथा बर्थीङ सेन्टर स्थापना गरि नागरिकलाई सहज किसिमको उपचारको व्यवस्था मिलाईनेछ ।
१२. प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण, प्रविधि र टोलहरूमा समेत खोप सेवा, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व एवम् बाल तथा शिशु स्वास्थ्य सेवाहरू सञ्चालन गरिने छ ।
१३. गर्भवती तथा सुत्केरीलाई पोषणसहित आवश्यक सम्पूर्ण सेवा निःशुल्क र सहज ढङ्गले उपलब्ध गराइनुका साथै वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्रलाई सधै प्रथामिकतामा राखिने छ ।
१४. सुर्तीजन्य पदार्थ तथा मदिराको उत्पादन र विक्री वितरणमा कडाइका साथ नियमन गरिनेछ । अस्वस्थकर खानेकुराको उत्पादन, बिक्री वितरणलाई निरुत्साहित गरिनेछ त्यस्ता खानेकुराको सेवन नगर्न समाजमा जनचेतना जगाइनेछ । विषादीको जथावाभी प्रयोग नियन्त्रण गर्ने तथा स्थानीय स्तरमा अर्गानिक खानेकुराको उत्पादन र वितरणमा विशेष व्यवस्था गरिने छ ।
१५. घरलाई धुँवारहित बनाउने र बाह्य प्रदुषण नियन्त्रणका लागि उचित व्यवस्थापनका लागि मापदण्ड निर्धारण गरी कार्यान्वयन गराइने छ । गाउँलाई हराभरा र स्वच्छ गाउँको रुपमा विकास गरिने छ ।
१६. विद्यालय भित्र र बाहिर प्राथमिक उपचार तथा किशोर–किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई संचालन गरिनेछ ।
१७. स्वास्थ्य चेतना अभिबृद्धि गर्ने तथा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू संचालन गरिने छ ।
१८.स्वंयमसेवीका हरुलाई पालिका स्तरमा स्वास्थ्यकर्मीको रुपमा विकास गरि उनीहरुलाई बिशेष व्यवस्था गरिनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’