नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, संक्रमण ७७ जिल्लामै

काठमाडौँ / गत २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारकाे तथ्यांकअनुसार २४ घण्टामा काठमाडौँमा १ हजार ९१३ जना, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ गरी २ हजार ६०७ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै काठमाडौँमा ७ हजार ६२५, भक्तपुर १ हजार २५१ र ललितपुर १ हजार ९३५ गरी सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमण ७७ जिल्लामै पुगेको छ । साथै ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला पनि थपिने क्रममा छ । बिहीबारसम्म मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकोमा आज सुनसरी पनि थपिएको छ ।

२०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’