बिमल लामिछानेले युवा संघ छाडे, पार्टीमै सक्रिय हुने निर्णय

पर्वत । युवा संघ नेपालका स्थायी कमिटी सदस्य बिमल लामिछानेले युवा संघ छाडेको घोषणा गरेका छन् ।नेकपा(एमाले) पर्वतको नवौ जिल्ला अधिवेशनबाट जिल्ला उप सचिव पदमा निर्विरोध निर्वाचित लामिछानेले युवा संघको राजनीति छोडेको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछाने पार्र्टीमा सक्रिय हुने भन्दै युवा संघको पदबाट विदा मागेका छन ।

युवा संघ नेपालको जिल्ला सदस्य, सचिवालय सदस्य, सह संयोजक हुँदै लामिछाने पर्वत जिल्लामा युवा संघको जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । लामिछाने युवा संघको केन्द्रिय सदस्य हुँदै पछिल्लो समय स्थायी कमिटि सदस्य थिए । युवा संघमा अझै एक दशक उमेरका हिसाबले काम गर्ने अबस्था भएपनि युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यले पार्टी काममा केन्द्रित हुने लामिछानेले बताएका छन । एउटै ब्यक्तिले धेरै पद ओगट्ने र नयाँ पुस्ताले नेतृत्व विकास गर्न नसक्ने भएका कारण आफूले पाटीको सक्रिय राजनीति गर्ने र युवा संघको कमिटिबाट विदा माग्ने निर्णय गरेको लामिछानेले उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’