माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले पछिल्लाे समय काेराेना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए।

उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनका अनुसार भोलि(मंगलबार)बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्।

सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’