आज वर्षा र हिमपातको सम्भावना, तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं, पुस २०/पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आँशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

आज काठमाडौंमा बिहानैदेखि कुहिरो लागेको छ। कुहिरो लागेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने महाशाखाको भनाइ छ। महाशाखाका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।

यस्तै बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’