मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न स्याङजाका पाँच युवा पक्राउ

पर्वत/ मादक पदार्थ सेवन गरी कुटपिटमा संलग्न भएको आरोपमा पर्वत प्रहरीले स्याङजाका पाँच जना युवालाई पक्राउ गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा रातको समयमा मादक पदार्थ सेवन गरी कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेको आरोपमा युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रकाउ पर्नेहरुमा अधिकाँश आँधिखोला गाउँपालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सुचना अधिकृत राजेन्द्र अधिकारीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा स्याङजा अधिँखोला गाउँपालिका–३ बस्ने १८ बर्षिय सागर कुवँर, सोही स्थानका १८ बर्षिय पारस कार्की, २४ बर्षका कृष्ण वहादुर कार्की, २९ बर्षिय सुरज कार्की र २० बर्षिय अमृत कार्की रहेका छन् ।
खौलालाकुरी बस्ने धनवहादुर कवँरले युवाहरुले मादक पदार्थ सेवन गरी कुटपीट गरी घाईते बनाएको भन्दै आईतवार जाहेरी दिएका थिए । घटनामा संलग्न प्रतिवादीहरुलाई सोमवार पक्राउ गरी अभद्र व्यवहार सम्बन्धि मुद्धा दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयवाट दश दिनको म्याद थपगरि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक अधिकारी बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’