धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

पर्वत, १० पुस /लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ ।

शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य÷समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले बेनी नगरका नगरप्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमशर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धौलागिरिको समग्र विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’