काँग्रेस निर्वाचन : बागलुङमा केन्द्रीय सदस्य पौडेल र जिल्ला सभापति थापा पराजित

बाग्लुङ , मंसिर ८/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनमा बागलुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ को अधिवेशनमा केन्द्रीय आमन्त्रित सदस्य किरणराज पौडेल र जिल्लाका सभापति दीपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन ।

१४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उमेदवार बन्ने चर्चामा रहेका थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापति बन्ने सपना चकनाचुर भएको छ । पौडेल र थापा दुबै संस्थापन पक्षका हुन् । यस्तै गण्डकी प्रदेश सांसद कोपिला बोहोरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन ।

उनलाई दुर्गादेवी विश्वकर्माले पराजित गरेकी हुन् । विश्वकर्माले ४६२ मत ल्याउँदा बोहोराले ४१३ मत प्राप्त गरेकी थिइन् । सो क्षेत्रबाट क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । शर्माले प्रतिस्पर्धी खड्गबहादुर थापालाई ४ मत अन्तरले हराउँदै सभापति पदमा विजयी भएका हुन् । निर्वाचित शर्मा रामचन्द्र पौडेल समूहबाट निर्वाचनमा उठेका हुन् ।

शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोविन्द पौडेल (गोपाल), सह–सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कँडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस क्षेत्रमा २५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् ।

बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् । बुढाले प्रत्यासी नरजंग घर्ती मगरलाई ९० मतको अन्तरले पराजित गरेका हुन । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले भने ३२९ मत मात्रै प्राप्त गरे ।
बुढा संस्थापन पक्षका नेताका रुपमा चिनिन्छन् ।

सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित भएका छन् । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गरेका छन । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी भएका छन । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गरेका हुन । महाधिवेशन प्रतिनिधिको मत गणना भैरहेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’