पर्वतमा कांग्रेस जिल्ला अधिवेशन : प्रारम्भिक मत परिणाममा जोशी प्यानलको अग्रता (मतपरिणाम सहित)

पर्वत । नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयनका लागि भएको अधिवेशनको मत परिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार सभापति पदमा युवराज जोशीले अग्रता लिएका छन् । सभापति पदका ३ जना उमेदवार मध्ये निकटम प्रतिद्धन्द्धीको रुपमा यामबहादुर मल्ल आएका छन । १ सय मत गणना हुँदा जोशीको पक्षमा ४७ र मल्लाको पक्षमा ४१ मत आएका छन् । यसैगरी अर्का उमेदवार मिलन सृवेदीले भने १० मत ल्याएका छन् ।

यसैगरी उप सभापति पदमा भने डा. चुडामणी शर्माले अग्रता लिएका छन् । २ पदका लागि भएको उप सभापति पदको निर्वाचनमा शर्माले ५८ मत ल्याएका छन भने कमलराज पौडेलले ३० मत, गोविन्द पाध्याले ४१ मत, शिव प्रसाद सुवेदीले ४५ ल्याएका छन् ।

यसैगरी २ वटा सचिव पदका लागि भएको निर्वाचनमा अशोक उचै ठकुरीले ४७ मत, ओमप्रसाद शर्मा घायलले २० मत, कमल बहादुर अधिकारीले १९ मत, गुप्तनीति शमाृले २७ मत, पानबहादुर हमालले ३२ मत र मोहन आचार्यले ३७ मत ल्याएका छन् ।

उता, उप सचिवका लागि भएको मतगणनामा अच्युट तिवारीले ५८ मत, तिलक प्रसाद भुषालले ४४ मत परशुराम पुरीले ४१ मत र पंकज कुमार क्षेत्रीले २६ मत ल्याएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार जोशी प्यानलले अघि देखिएको छ ।

सभापति पदका उमेदवार मध्ये कुने एक जनाले कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ । अन्तिम मतपरिणाममा ५१ प्रतिशत मत कुनै पनि उमेदवारको नआएमा पहिलो र दोस्रो हुने उमेदवार वीच पुनः मतदान हुने कांग्रेसको विधानमा ब्यवस्था छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’