पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप

पर्वत/ जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

यहाँका सातवटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएकोे हो । यसअघि ४५ वर्षभन्दा माथिका सबै नागरिकले दुवै मात्रा खोप पाइसकेका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका सबै नागरिकलार्ई गत कात्तिक ३० गते देखिनै खोप लगाउन थालिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत कात्तिक ३० र यही मङ्सिर १ गते महाशिलामा, मङ्सिर २ र ३ गते फलेवास नगरपालिका, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा, मङ्सिर ५ र ६ गते कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा तथा मङ्सिर ७ र ८ गते जलजला गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ ।

कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलका अनुसार यो उमेर समूहका सबै नागरिकलाई खोप लगाउन जिल्लामा ३५ हजार ८०० डोज भेरोसेल खोप आएको छ । उक्त डोजले सबै नागरिकले खोप लगाउन पाउने भएका छन् । यो पहिलो डोज रहेको र एक महिनापछि अर्को डोज दिइने पनि कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्ष माथिका कूल ९३ हजार जनसङ्ख्यामध्ये अहिलेसम्म ४७ हजार १४६ ले खोप लगाइसकेको समेत कार्यालयले जनाएको छ । यही मङ्सिर ८ पछि १८ वर्ष माथिका सबै नागरिकले खोप पाइसक्ने पनि उनले बताए । खोप अभियान सबै पालिकाका सबै स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’