न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्याे टी-२० विश्व कपकाे नयाँ ‘च्याम्पियन’

काठमाण्डाै / आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएकाे छ । न्युजिल्यान्डले दिएकाे एक सय ७३ रनकाे लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायाे ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए । यस्तै मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायाे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जाेश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए ।

यस पटक टी-२० विश्व कपले नयाँ च्याम्पियन पाएकाे छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी-२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएकाे थियाे ।

आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी-२० विश्व कपकाे फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो ।

न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’