राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना धुलिखेल जिपलाइनमा सरर (भिडियो)

काठमाडौं/राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए ।

काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन रहेको छ भने जिप लाइनको कुल दुरी एक हजार एक सय अर्थात १ दशमलव १ किलोमिटर रहेको छ ।

उक्त दुरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिम श्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् भिडियो :

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’