दसैंको अष्टमीसम्म मौसम यस्तो रहने अनुमान,यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान

मौसमविद्का अनुसार मनसुन बाँकी रहे पनि अहिले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

हाल (सोमबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिक (धेरै आकाश खाली, थोरै मात्र बादल) बदली तथा बाँकी स्थानमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेनिटअनुसार आगामी २७ गते अर्थात् दसैंको अष्टमीसम्म मौसम यस्तो रहने अनुमान–

असोज २५ (आज)
दिउँसो : देशको पहाडी भूभाममा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
असोज २६ गते
दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

असोज २७ गते
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मनसुन
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट गत शुक्रबार नै मनसुन हटिसकेको छ। बाँकी स्थानमा मनसुन रहे पनि पानी पर्ने क्रम भने लगभग रोकिइसकेको मौसमविद्ले बताएका छन्।​

माैसमविद्का अनुसार प्रदेश १, २ बागमती र गण्डकीका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी स्थानमा अझै मनसुन छ।

पूरै नेपालबाट मनसुन बाहिरिन अझै ३/४ दिन लाग्न पनि सक्ने तथा चाँडै पनि हुन सक्ने सम्भावाना रहेको माैसमविद्काे भनाइ छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोबर २ तारिख भए पनि केही दिन ढिला भइरहेको हो।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’