स्थानिय सरकारहरु सम्बृद्ध बन्दै गएका छन -अध्यक्ष तिमिल्सिना

पर्वत, असोज २१ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय सरकारहरु समृद्ध बन्दै जान थालेको बताउनुभएको छ । पर्वत जिल्लाको पैंयु गाउँपालिका वडा नं। ४ हुवासको वडा कार्यालय उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भौतिकरुपमा स्थानिय तहहरु सम्बृद्ध बन्दै गएको बताउनुभएको छ ।
उहाँले सिंहदरवारको अधिकार गाउँका नागरिकहरुलाई प्रत्यक्ष रुपमा उपलव्ध गराउने स्थानीय सरकारहरु नागरिकप्रति बढि जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहहरु जति धेरै सक्रिय हुन्छन् त्यसै धेरै संविधानको कार्यान्वयन हुनेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले परिणाममुखि विकास निर्माणमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, उपप्रमुख यामकुमारी राना, पैंयु गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङ, एमाले प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । पैयूँ गाउँपालिकाको रू २३ लाख रुपैयाँ लगानीमा बनेको २ तले कार्यालय भवनमा डिजिटल कार्यलय वोर्ड जडान गरिएको छ । तत्कालिन हुवास गाविस छँदा पहिलो तला निर्माण भइ गाविस कार्यालयको रुपमा प्रयोग भएको भवन पैयूँ गाउँपालिका स्थापना पछि ४ नंः वडा कार्यालयको रुपमा रुपान्तरण भएको थियो । तला थपिएसँगै सभाहल सहित आधुनिक कार्यालय भवन बनेको र सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’