पर्वतमा समाजबादीका दुई जिल्ला सदस्यले भने ‘हामी एमालेमै छौ’

पर्वत । माधवकमुार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका दुई जिल्ला सदस्यले आफुँहरु एमालेमै रहेको घोषणा गरेका छन ।
नेकपा(एकिकृत समाजबादी)ले जिल्ला सदस्य दाबी गरेका आर्थरका इन्द्रबहादुर गुरुङ्ग र जलजला ४ का प्रेमबहादुर बिश्वकर्माले बिज्ञप्ती प्रकाशित गरेर आफुँहरु एमालेमै रहेको जनाएका हुन ।
कुस्मा १४ आर्थर डाडाँखर्क गाउँकमिटीका पुर्व सचिब रहेका गुरुङ्गले आफुँलाई जानकारी नै नदिई जिल्ला नेकपा(एकिकृत समाजबादी)को जिल्ला कमिटीमा राखिएकोमा आपत्ति जनाउँदै एमाले र सुर्य चिन्हका पक्षमा जीवनभर लागि रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । भेलामा नगएको र सहमति समेत नभएको ब्यक्तिलाई जिल्ला कमिटीमा राखिएको भनेर गरिएको हल्लाका पछि लागेर भ्रममा नर्पन सबैलाई आग्रह गर्नुभएको छ ।
एमालेको क्षत्रिय कमिटि सदस्य समेत रहि सकेका जलजला ४ का प्रेम बिश्वकर्माले एमालेबाट चोइटिएर गएको समुहले आफ्नो नाम पनि जिल्ला कमिटीमा राखिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भेलामा नगएको ब्यक्तिलाई जिल्ला कमिटीमा राखिएको भनेर प्रचार गर्नु राजनैतिक छलकपट र बेइमानी भएको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
नेकपा(एकिकृत समाजबादी)ले पर्वतमा मोतीप्रसाद पौडेलको संयोजकत्वमा ७५ सदस्यीय समिति गठन गरेको घोषणा गरेको थियो ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’