पर्वतमा ६० वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न (वडा सभापतिको नाम सहित)

पर्वत । महाधिवेशनको संघारमा जुटेको नेपाली कांग्रेस पर्वतले जिल्ला भरका ६० वटा वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ । कांग्रेसले जिल्लाका ६१ वटा वडाहरु मध्ये ६० वटा वडाहरुमा अधिवेशन सम्पन्न गरेको हो ।

 

वडा अविधेशनबाट वडा कमिटि पुर्नगठन भएका छन । यसैगरी वडा अधिवेशनबाट महाधिवेशन लक्षित क्षेत्रीय प्रतिनिधिहरु पनि चयन भएका छन् । कांग्रेस श्रोतका अनुसार जिल्लाका अधिकांश वडाहरुमा सर्वसहमत रुपमा नेतृत्व चयन भए पनि केहि वडाहरुमा भने मतदान प्रक्रिया नै भएको थियो ।

आफ्नो पक्षका कार्यकर्तालाई प्रतिनिधि ल्याउनका लागि नेताहरुले लबिङ गरेका कारण केहि वडाहरुमा भने क्षेत्रीय प्रतिनिधि चयनमा सकस परेको थियो । कांग्रेसले ६० वटा वडाहरुमा अधिवेशन सम्पन्न गरे पनि कुश्मा नगरपालिका वडा न ३ मा भने विवादका कारण अझै पनि अधिवेशन सम्पन्न भएको छैन् ।

बाँकी वडाहरुमा भने वडा कमिटि र पदाधिकारी चयन भएको र क्षेत्रीय प्रतिनिधिहरुको पनि चयन गरिएको नेपाली कांग्रेस पर्वतले जनाएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’