जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री

पर्वत ‌ । जलजला गाउँ पालिका पर्वतको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् ।
क्षेत्री कुश्मा नगरपालिकाबाट सरुवा भएका हुन् ‌ । गाउँपालिका‌मा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका सरुवा भएपछि क्षेत्रीले पदभार ग्रहण गरेका हुन ।
शर्मा मुख्य मन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले स्वागत गरेका छन् ।
पदभार ग्रहण गरेपछि क्षेत्रीले कार्य सम्पादन गर्दा न्यायोचित र निश्पक्ष ‌तरिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
क्षेत्रीलाइ स्वागत गर्दै अध्यक्ष मल्लले जनताले दुःख नपाउने गरी कर्मचारी प्रणाली मार्फत काम गर्न निर्देशन दिएका छन् ।
क्षेत्री कुश्मा नगरपालिका बाट सरुवा भएर जलजलामा गएका हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’