१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ

काठमाडौं/द्रिशान्त अटोमोबाइल प्रालिका सञ्चालक गणेश उप्रेतीलाई प्रहरीले १९ करोड ४३ लाख ६१ हजारको विभिन्न बैंकको चेक बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले मिटरब्याजी उप्रेतीलाई पक्राउ गरेको जनाएको छ ।
दोलखा घर भई भैंसेपाटी बस्दै आएका उप्रेतीले कोटेश्वर बस्ने हेमरा गुभाजुलाई मिटर ब्याजमा पैसा लगाई पटक–पटक गरेर रकम लिएका थिए । उप्रेतीले प्रकाश कार्कीसँग ४ करोड १६ लाख, गुभाजुसँग ४ करोड १४ लाख लिएका थिए ।
उक्त रकम लिएका उप्रेतीले उनीहरुसँग पुनः रकम माग गरेका थिए । आफ्नो पूर्वसहमतिअनुसार रकम दिएको बताएपछि उप्रेतीले उनीहरुलाई आफूले भनेको रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए । उप्रेतीको अत्याचारबाट पीडित भएका उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
उप्रेतीले आफूसँग प्रहरीको उच्च हाकिमहरुको समेत उठबस रहेकाले तिमीहरुको हत्या गर्ने धम्की दिँदै आएपछि उनको खोजीमा प्रहरी जुटेको थियो । उनले विभिन्न व्यक्तिलाई मिटर ब्याजमा पैसा लगाउने र नदिनेलाई गुन्डा प्रयोग गरी रकम असुल गर्दै आएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।नेपाल समाचारपत्रबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’